डा. केसीको जीवन तल माथि भयो भने यसको शतप्रतिशत दोषी तपाईँ हो, प्रधानमन्त्री ज्यु : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले अनशनरत डाक्टर गोविन्द केसीले राखेका कुन चाहीँ माग पूरा नहुने र गर्न नसकिने छ ?

र कुन माग जनहित विपरित छन् ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । आज सामाजिक स’ञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रश्न गरेका छन् । उनले भनेका छन्,.”@PM_Nepal ज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ?

कुन माग जनहित विपरीत छन्? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र? डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?”

थापाले प्रधानमन्त्रीले स त्याग्र हीमाथि दु राग्र ह राखेर बेवास्ता गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ भन्दै कडा चे तावनी दिएका छन् । डाक्टर केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दो षी पनि प्रधानमन्त्री नै हुने उनको भनाई छ । उनले अघि भनेका छन ।

पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा स’त्या’ग्रहीमाथि दु रा ग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ। प्रमज्यू,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दो षी तपाईँ हो ।”

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।