हार्दिक बधाई ! BBS प्रथम बर्षमा धनकुटाकी समिता ढुङ्गेल नेपाल टप…हेर्नुहोस् ।

धनकुटा : धनकुटाकी समिता ढुङ्गेलले बीबीएस प्रथम बर्षमा सर्वोत्कृष्ट अंक ल्याएकी छन् । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन (बीबीएस) तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी हुन् ।

यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको छ । बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीका क्याम्पस प्रमुख हिमसागर कार्कीले दावी गरे ।

‘हामीले काठमाडौं, बिराटनगर, पोखरा लगायत क्षेत्रका धेरै कलेजहरुमा बुझ्यौ । तर, ८० प्रतिशत कटाउँने विरलै छन् ।’ क्याम्पस प्रमुख कार्कीले भने–‘हामीले हालसम्म बुझे अनुसार समिताले भन्दा बढी अंक कसैले पनि नल्याएकाले समिता नेपाल टप भएको हाम्रो दावी हो ।

त्रिभुवन विश्वविद्यालयले भने नेपाल प्रथमको आधिकारीक घोषणा गरेको छैन । तर, अन्य बिद्यार्थीले ल्याएको अंकको तुलनामा लिवर्टी कलेजले समितालाई नेपाल प्रथम दावी गरेको हो । धनकुटाको छारागाउँ घर भएकी समिताले धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलबाट ए प्लससहित २०७२ मा एसईई उत्तीर्ण गरेकी थिईन् ।

उनी सानैदेखि पढाईमा अब्बल रहेको धनकुटा बोर्डिङका प्रिन्सिपल राजन पौडेल बताउँछन् । समितासँगै लिवर्टी कलेजमै अध्ययनरत सरद तितुङले पनि ८१ दशमलव ४ प्रतिशत र सविता पौडेलले ७८ दशमलव ८ प्रतिशत अंक ल्याएका छन् ।
सङालो खबर

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।