चिनियाँ राट्रपति भन्नुहुन्छ : सम्पतिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको राजनीति गर्न सक्दैन…हेर्नुहोस् । चित्तबुझे सेयर गर्नुहोस् ।

एजेन्सी : चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लो’भ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् ।

राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा भ्रष्टा’चारविरु’द्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्यु’निस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सु’झाव समेत दिएका छन् ।

चिनियाँ कम्यु’निस्ट पार्टीका १९ औं महाधिवेशको पूर्वस’न्ध्यामा पार्टीका आ’न्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले उक्त भनाई राखेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

सीले आफ्नो पहिलो कार्य’काल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्र’ष्टाचार संलग्न भएको भन्दै कार’वाही गरिसकेका छन् ।

चीनमा पछिल्लो पटक मौलाउँदै गएको भ्रष्टाचारले हैरानी बनाएका चिनियाँ जनता र पार्टीका कार्यकर्ताहरुले सीको अभियानलाई साथ दिँदै आएको छ ।

त्यसैगरी जनमुक्ति सेनाले पनि सीको अभियानको समर्थन गर्दै आएको छ । महाधिवेशनले राष्ट्रपति सी दो’स्रो कार्यकाल पार्टीको महासचिव बनाउने बताइएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।