ओली सरकारलाई अर्को झट्का : सर्वोच्चको दियो फेरि यस्तो कडा आदेश…हेर्नुहोस् ।

October 5, 2020 57

काठमाडौं । विश्वव्यापी महामा’रीका रुपमा फैलिरहेको को’रोना भा’इरस कोभिड १९ को संक्र’मण पछिल्ला केहि दिन यता नेपालमा पनि बढेको छन्। नेपालमा पनि कोरोना महामारी दिन प्रतिदिन बढीरहेका बेला को’रोना नि’यन्त्रणका लागि ठोस कदम चाल्न नसकेको भन्दै चौ’तर्फी बि’रोध भइरहँदा ओली सरकारलाई सर्वोच्चले अर्को ठुलो झट्का दिएको छ।

सर्वोच्च अ’दालतले को’रोना परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिप’रिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो। यो सँगै सरकारले अब कोरोना परीक्षण नि:शुल्क गर्नुपर्ने भएको छ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौ’लिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो। संबै’धानिक र कानू’नी व्यवस्था उ’ल्लंघन गर्दै सरकारले पीसीआर परीक्षणको शुल्क लिएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आज यस्तो आदेश जारी गरेको हो।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३(४(ग)मा सरुवा रोगको उपचार निःशुल्क गर्ने व्यवस्था सुनिश्चित भए बमोजिम कोभिड-१९ को पीसीआर परीक्षण पनि निःशुल्क हुनुपर्ने रिट निवेदकको दाबी थियो।

पीसीआर परीक्षण राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरु सांसद, कर्मचारीहरुको निःशुल्क परीक्षण भइसकेको तर, शंका लागेमा नागरिकले परीक्षण गर्दा शुल्क लिइएपछि सर्वोच्चमा रिट परेको थियो।उक्त रिटपरेपछि सर्वोच्चले केहि दिन अघि निःशुल्क पीसीआर परीक्षण हुन नपर्ने कारणसहित उपस्थित हुन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सरकारको जवाफ प्राप्त भएपछि आज सर्वोच्चले उक्त मुद्धामा सरकारका नाममा परमादेश जारी गर्दे पीसीआर परीक्षण गर्न निःशुल्क गर्न आदेश दिएको हो। चौतर्फी दबावपछि हाल सरकारले कोरोना परीक्षणको शुःल्क २ हजार रुपैंया तोकेको छ। तर, धेरै नीजि ल्यावहरुले अहिलेपनि सरकारले तोके भन्दा बढी शुल्क लिइरहेका छन्।

नेपालमा फेरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेकाे छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ । मृ’त्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । सं’क्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

को’रोना भा’इरस संक्र’मणका कारण नेपालमा पहिलो पटक डाक्टरको मृ’त्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका डाक्टरको को’रोना भा’इरस संक्र’मणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जा’नकारी दिएको छ ।