गगन थापा भन्नुहुन्छ : सरकार मस्त निद्रामा छ, डा.केसीको जीवनरक्षाको चिन्ता देखिएन…हेर्नुहोस् ।

काठमाडौ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको बताएका छन् । साथै उनले सरकारलाई जनताको स्वास्थ्यको कुनैपनि चि’न्ता नरहेको आरोप लगाएका छन् ।

सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था ग’म्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको बताएका छन् ।

उनले सरकार मस्त निन्द्रा’मा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चि’न्ता रहेको बताएका छन् । उनले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था ग’म्भीर बन्दै गइरहेकोले जीवन रक्षा गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन् “२० दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर, सहमतिको पालना गर”

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।