कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने प्रस्ताव पुग्यो ओली-प्रचण्डसमक्ष…हेर्नुहोस् ।

काठमाडौ : नेपाल वि´द्युत् प्रा´धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएसँगै उनको पुनर्नियुक्तिको पक्षमा च´र्को आ´वाज उ´ठेको छ ।

प्रा´धिकरणमा पुनर्नियुक्ति नगरे उर्जा मन्त्री नै बनाउनुपर्ने जस्ता माग लिएर नागरिकहरू कुलमानको समर्थनमा सडकमा आएका छन् भने सामाजिक सञ्जालदेखि चिया दो´कान र चोक चौतारीमा समेत कुलमानको च´र्चा छ ।

यो विषयमा सोमवार प्रधानमन्त्री समेत रहेका स´त्तारुढ दल नपाल क´म्युनिस्ट पार्टी ने´कपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा सामान्य छलफल भएको छ ।

स्रोतका अनुसार प्रचण्डले ‘कुलमानको विषयमा के गर्ने हो ? नागरिकहरु सडकमा कराइरहेका छन’ भन्दै कुरा उ´ठाएका थिए । जवा´फमा अध्यक्ष ओलीले ‘अहिले कुलमानको विषयमा कुनै कुरा अहिले नहुने’ बताएका छन् । प्रचण्डले ‘नागरिकहरु उर्जा मन्त्री बनाउनुपर्छ भनिरहेका छन’ भनेर कुरा राखेका थिए ।

ठ´ट्टाको शैलीमा स्रोत भन्छ ,‘कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने प्र´स्ताव ओली–प्रचण्डस´मक्ष आइपुग्यो । सडकको आ´वाज सुनिएकै छ त । तर सरकारको काम सरकारले गर्न हो, नागरिक भनेर सडकमा आएका वि´रोधीका कुराका पछि लाग्न होइन नी ।’

अ´गुल्टोले हि´र्काएको बिरालो बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ व´षांसम्म लो´डसेडिङरूपी कालरात्रिका कहाली लाग्दा दिनहरू विताएका नागरिकहरू कुलमानको बहिर्गमनसँगै फेरि मुलुक लोडसेडिङमा फर्कन्छ कि भनेर त्रासमा छन् ।

आफैँले मत हालेर बनेको दुई तिहाइको सरकार भन्दा जनताको आशा, आस्था, विश्वास र भरोसा कुलमानसँग जोडिएको छ ।
परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकार उनीप्रति सन्तुष्ट र सकारात्मक भए पनि कानुनी अवरोध भएको दाबी गरिरहेका छन् भने तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सञ्जालले नियुक्ति दिएको भनेर कटाक्ष गरेका थिए ।

ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि गरेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थन्किएको भनिएको छ । प्रधानमन्त्रीका सल्लाहकारले प्रतिस्पर्धाका लागि तयार रहन चुनौती दिइरहेका छन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।