आज काठमाडौँ, पोखरा, धनकुटा, चितवन, नवलपुरलगायत विभिन्न क्षेत्रमा बत्ति नआउने…हेर्नुहोस् ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर बिदा भएसँगै प्राधिकरणले अ’घोषित रुपमा लोडसेडिङ गरेका गुनासो बढिरहेको छ ।

अध्याधिक रुपमा जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालयले विनाजानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गरेको थियो । तर पछिल्लो समय विद्युत क’टौतीको क्रम रो’किएको छैन ।

उर्जा मन्त्रालयको सचिवालयले विनासूचना बत्ती क’टौती भएमा मन्त्रालयमा सिधा सम्पर्कको लागि आह्वान गरेसंगै प्राधिकरणले सूचना दिएरै विद्युत क’टौती गर्न थालेको छ ।

विभिन्न स्थानमा मर्मत-सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत क’टौती गर्नुपरेको प्राधिकरणले प्रष्ट्याएको छ ।नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत क’टौती भइसकेको छ ।

कतै हुने क्रममा छ ।प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती का’टिने छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।