यी ६ मन्त्रीलाई हटाउने सहमति भयो,नयाँ १२ जना मन्त्रीलाई नियुक्ति गर्ने…हेर्नुहोस् ।

October 1, 2020 43

काठमाडौ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्सा’कसीपछि राजीनामा माग्ने मन्त्रीको नाम फाइनल भएको छ । कम्तिमा १० मन्त्री हटाउन चाहेका प्रचण्डले ओलीको च’ट्टानी अडानपछि अन्ततः ६ मन्त्रीको मात्र राजीनामा गराउने विषयमा सहमत भएका छन् ।

३ मन्त्रालय फु’टाएपछि थपिएका ३ मन्त्रालय, आली रहेका ३ मन्त्रालय र राजीनामापछि खाली हुने ६ मन्त्रालयसहित १२ जना नेतालाई यही साताभित्र मन्त्रीमा नियुक्त गर्ने समझ’दारी ओली–प्रचण्डबीच बनेको बताइन्छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमीमन्त्री पद्मा अर्याल, श्रममन्त्री रामेश्वरराय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, खानेपानीमन्त्री विना मगरलाई पदबाट हटाउने सहमति भएको बालुवाटार स्रोतले जान’कारी दियो ।

अध्यक्ष प्रचण्डले रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्टलाई पनि हटाउन निरन्तर गरेको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।ओलीले आफूनिबकट मन्त्रीहरूलाई पदबाट नहटाएपछि नयाँ बन्ने मन्त्रीमा ओली नि’कट नेताहरू नपर्ने भएका छन् ।

नयाँ मन्त्रीमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकटका धेरै नेता समेटिने देखिएको छ । आज भोलिमा थपिने नयाँ मन्त्रीहरूको जि’म्मेवारी टुङ्गिएपछि ढिला नगरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।नयाँ मन्त्रीमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल पनि सहभागि हुने निश्चित भएको छ । अ

न्य नयाँ मन्त्रीहरूमा जनार्दन शर्मा, पम्फा भूषाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, खगराज अधिकारी, देवेन्द्र पौडेल, बेदुराम भूषाल, कृष्णगोपाल श्रेष्ठ, गणेश ठगुन्ना, यज्ञराज सुनुवारको नाममा सहमति भएको बताइन्छ ।मुख्यमन्त्री परिवर्तन तिहारपछि:ओली र प्रचण्डबीच मुख्यमन्त्री परिवर्तन तिहारपछि मात्र गर्ने सहमति भएको बताइन्छ । उनीहरूबीच ४ प्रदेशका मुख्यमन्त्री फेर्ने सहमति भएको छ ।

ओलीनिकट २ मुख्यमन्त्री बागमती प्रदेशका डोरमणि पौडेल र प्रदेश १ का शेरधन राईको बिदाइ हुने पक्का छ । बागमतीमा नेपाल निक’टकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा खनाल निकटका भीम आचार्यले अवसर पाउने भएका छन् ।त्यसैगरी पूर्व माओवादीको भागमा परेको कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि बिदाइ हुने स्रो’तको दा’बी छ ।

उनको ठाँउमा प्रकाश ज्वालाले अवसर पाउने भएका छन् ।यता प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि बिदाइ गरिने बताइए पनि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारे अझै सहमति भैसकेको छैन । ओलीनिकटका २ मुख्यमन्त्री प्रदेश ५ का शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरूङलाई भने निरन्तरता दिइने भएको छ ।

प्रदेश २ मा जसपाको सरकार रहेकोले त्यहाँको सरकार परिवर्तन नेकपाको हातमा छैन । जसपाले पनि लालबाबु राउतको विकल्प खोजिरहेकोले अन्य प्रदेशका मुख्यमन्त्री परिवर्तन भएकै मेसोमा प्रदेश २ को सरकार परिवर्तन गर्ने तयारीमा रहेको बुझिएको छ । फलतः तिहारपछाडि ५ प्रदेशहरूले नयाँ मुख्यमन्त्री पाउने देखिएको छ ।