वामदेव गौतमको पक्षमा उभिए यी ३ नेता…हेर्नुहोस् ।

काठमाडौ : सत्तारूढ नेपाल कम्यु’निस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दिनहुँ मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमा छन् । तर, परि’णाम निस्किइरहेको छैन ।प्रधानमन्त्री समेत रहेका ओलीले आइतबार नै मन्त्रिपरिषद् पुनर्ग’ठनको तयारी गरेका थिए ।

तर, प्रचण्डले रोकिदिएपछि सोमबारको छलफलमा पनि निष्कर्षमा पुग्न नसकेको नेकपाका नेताहरूले जनाएका छन् ।दुई अध्यक्ष, ओली–प्रचण्डबीच माप’दण्डकै विषयमा कुरा मिलेको छैन, नेकपा स्थायी कमिटी हरिबोल गजुरेल भन्छन्, यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएकै विकल्प र मोडा’लिटीमा दुई अध्यक्षको छलफल केन्द्रित छ । तर, टुङ्गो लागिसकेको छैन ।

प्रचण्डनि’कट स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्ग’ठनमा प्रधानमन्त्री ओलीले नेताहरूको भूमि’कालाई छायामा पार्न खोजेका छन् । मन्त्रालय टुक्र्या’उनेदेखि मन्त्री छान्ने काममा नेताहरूको राय सु’झाव लिने र अन्तिम निर्णय आफैं गर्ने तयारीमा लागेपछि प्रचण्ड सशङ्कित बनेको स्रोतको भनाइ छ ।प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक र सचिवालय बैठकमा नेताहरूले दिएका सुझावअनुसार अघि नबढेर एकलौटी अघि बढ्न खोजेपछि समस्या भएको हो

नेकपाका प्रभावशाली नेता भन्छन्, पार्टीका निर्णय मान्छु भनेपछि नेताहरूले दिएको सुझावअनुसार नै अघि बढ्नुपर्‍यो नि । स्रोतका अनुसार राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय कार्यान्व’यनसँगै उपाध्यक्ष वामदेव गौतमले मन्त्री बन्ने आकाङ्क्षा पालेका छन् ।यसमा अ’दालत तगा’रो बनेको छ । राष्ट्रियसभा सदस्य बनाउने नि’र्णय यथास्थितिमा राख्दै थप जिम्मेवारी नदिनू भनेर अदालतले अन्त’रिम आदेश दिएको छ । उनीवि’रूद्धको मु’द्दाको पेसी १४ गते तोकिएको छ ।

त्यतिञ्जेल प’र्खनुपर्छ भनेर आजको बैठकमा पनि प्रचण्डले अडान दोहो¥र्‍याएका थिए । आइतबारको कुराकानी पनि प्रचण्डले यही भनेका थिए ।तर, ओलीको रुचि वामदेवलाई मन्त्री बनाउने छैन । ओलीले आज पनि छिट्टै गरौं भनेर जोडबल गरेको स्रोतको भनाइ छ ।

राष्ट्रियसभा सदस्य म’नोनीत गर्दा नै सार्वजनिक आ’लोचना झेल्न परेकाले थप जिम्मे’वारी दिन नहुने ओलीको अडान पनि छ । ओलीपक्षका नेताहरू त वामदेवलाई मन्त्री नबनाउन लबिइङ नै सुरु गरेका छन् ।प्रचण्डले यसबारे अन्य नेताको पनि धारणा बुझ्नुपर्ने र मुद्दाबारे फैसला नहु’ञ्जेल मन्त्रि’परिषद् पुन’र्गठन अघि बढाउन नहुने तर्क गरेपछि ओली अप्ठ्या’रोमा परेका छन् ।

तत्काल मन्त्रिपरि’षद् पुन’र्गठन गर्ने उनको चाहनामा ब्रे’क लागेको छ ।यसअघि जे–जे गरे पनि प्रधानमन्त्री ओलीले यसपटक पार्टी निर्णय र नेताहरूका सु’झाव लत्याउन सक्ने अवस्था छैन । किन पार्टीको निर्णय मान्दिनँ भन्नुप¥र्‍यो,ती सदस्य भन्छन्, हैन भनेर सबैको भावनाअनुसार चल्नुपरर्‍यो ।

उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने चाहना राखे ओलीले रोक्न नसक्ने कतिपयको बुझाइ छ ।सचिवालय तहकै नेता मन्त्री बन्छु भनेपछि प्रधानमन्त्रीले इन्कार गर्न सक्नुहुन्न । त्यसैले पनि उहाँले फैसला नआउँदै मन्त्रि’परिषद् टुङ्ग्या’उँ भन्नुभएको होला ।

तर, प्रचण्ड, खनाल र नेता नेपालको चाहना असोज १४ पछि मात्रै गरौं, नहतारिउँ, सबै नेताहरूको राय, सुझाव लिउँ, एकीकृत धा’रणा बनाएर जाऔं भन्ने छ,सचिवालयका अर्का नेता बताउँछन् ।नेकपाका केही नेताले सचिवालय बैठकले मोडालिटीको टुङ्गो लगाउन नसक्नु कमजोरी भएको बताउँछन् । सचिवालय बैठकले मोडा’लिटी र मापद’ण्ड टुङ्गो लगाएर रोस्टर बनाएको भए मन्त्रिपरिषद् पुनर्गठन विधिमा’र्फत् र छिट्टै पनि हुने ती नेता बताउँछन् ।

स्थायी कमिटी र सचिवालय बैठकमा नीति’गत मात्रै छलफल भयो । अहिले दुई अध्यक्ष बसेर टुङ्ग्या’उन खोज्दै हुनुहुन्छ । प्रचण्ड एक्लै नि’र्णय दिन सक्ने अवस्थामा छैनन् । उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि छलफल गरेर निर्णयमा पुग्नुपर्छ ।

यही समस्या परेको हुनसक्छ,ती सदस्यको दाबी छ ।माधव नेपालले बोलाए आफूनि’कट दुई मन्त्री’नेकपाका व’रिष्ठ नेता माधवकुमार नेपालले आफूनि’कट दुई मन्त्रीलाई कोटेश्वर (निवास) बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई कोटेश्वर, निवासमै बोलाएर नेता नेपालले छलफल गरेको स्रोतको दा’बी छ ।

नेता नेपालले मन्त्री भट्टराईसँग पछिल्लोपटक सञ्चारमाध्यममार्फत् उठेका प्रश्नबारे जिज्ञासा राखेका थिए । हिमालय एअरलाइन्सलाई ग्रा’उन्ड ह्या’ण्डलिङ गर्न दिने निर्णयमा नेता नेपालको चासो रहेको थियो ।जवाफमा भट्टराईले नागरिक उड्डयन प्राधि’करणका महानिर्देशकले नियमानुसार नै दिन लागेको बताए पनि तत्कालका लागि रोकिएको बताएका थिए ।

नेता नेपालले अरू मन्त्रालयगत कामबारे पनि चासो राखेका थिए ।कृषिमन्त्री घनश्याम भुसालसँग पनि बङ्गलादेशबाट मल पैंचो ल्याउने विषयमा भइरहेका ढिलाइबारे चासो राखेका थिए । जवाफमा मन्त्री भुसालले दुई महिनाभित्र मल ल्याइपु¥र्‍याउने बताएको स्रोतको दाबी छ । भुसालसँग मन्त्रालयगत प्रगतिबारे पनि नेता नेपालले चासो राखेको स्रो’तले जान’कारी दियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।