भोजपुरमा दैनिक दश लाखको हाराहारीमा राजस्व संकलन हुँदै…हेर्नुहोस् ।

भोजपुर : भोजपुरबाट दैनिक आठ देखि दश लाख सम्म राजस्व संकलन हुन थालेको छ । कोरोना कहर सँगै गरीएको वन्दावन्दिका कारण हुन नसकेको राजस्व संकलन यतिवेला धमाधम भई रहेको करदाता सेवा कार्यालय, भोजपुरले जनाएको छ ।

भोजपुरमा गत ५ गते सोमवार देखि करदाता सेवा कार्यालय स्थापना भई कार्य सम्पादन सुरु भएको हो । जिल्लामै करदाता कार्यालयको स्थापना भएपछि स्थानीयहरु हर्षित बनेका छन् ।
करदाता कार्यालयको स्थापनाले समय र पैसा दुबैको बचल भएको टेम्केमैयुम गाउँपालिका ४ खावाका हेमराज राईले बताए ।

उनले भने- ‘जिल्लामा करदाता कार्यालय नहुदा २ देखि ३ दिन लगाएर धनकुटा गएर काम गर्नु पर्ने बाध्यता हटेको छ ।’
कार्यालय बाट कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्रको उपलव्ध, करदाता दर्ता गर्ने, विवरण सच्याउने काम भैरहेको करदाता कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले बताए ।

पौडेलले भने-‘दैनिक एकसय भन्दा वढि सेवाग्राहिहरुले सेवा लिरहेका छन् । कार्यालयले दिनुपर्ने सम्पुर्ण सेवा प्रवाह गरीरहेकाले सर्वसाधारणको करचुक्ता गर्न धरान, धनकुटा जादाको विगतको पिडा समेत हटेको छ ।’

जिल्लामै करदाता कार्यालयको स्थापना भएपछि करदाता र राजस्व संलनमा समेत वृद्विहुने कार्यालयले विश्वास लिएको छ । यता जिल्ला प्रशासन कार्यालयका अनुसार लामो समय अगाडि देखि करनतिरी बसेका करदाताहरु पनि अव करको दायरामा आउनेछन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।