कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि व्यवस्था विभाग…हेर्नुहोस् ।

काठमाडौं : औषधि व्यवस्था विभागले को’रोना सं’क्रमितको उपचारमा प्रयोग हुने कुनै औषधि अभाव नभएको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने औषधि प¥र्याप्त रहेको बताउनुभयो । उहाँले औषधिको गुणस्तरमा पनि ढुक्क हुन आ’ग्रह पनि गर्नुभयो ।

कोरोनाका ग’म्भीर बिरामीलाई चिकित्सकको निगरानीमा र बिरामीको इच्छा बमोजिम मात्र रेम्डेसिभिर दिने गरिएको उहाँले बताउनुभयो । रेम्डेसिभिर सरकारले तोकेका अस्पतालमा निशुल्क पाइने महानिर्देशक ढकालको भनाइ छ ।

महानिर्देशक ढकालले क्लिनिकल ट्रा’यलको रुपमा रहेको प्रमाणित भइनसकेको औ’षधिलाई औषधि व्यवस्था विभागले अनुमति नदिएको जानकारी दिनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।