आखिर विद्युत् प्राधिकरको पुन: नियुक्ति लागि कुलमान घिसिङलाई कस्ले रोक्यो त…हेर्नुहोस् ।

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणको ३५ वर्षे इतिहासमा दुईजना कार्यकारी निर्देशक चर्चित रहे । पहिलो अजि’तनारायण सिंह थापा र अर्का कुलमान घिसिङ ।अजित नारायण आम जनताकाबीच त्यति चर्चामा नरहे पनि उनको निर्णय क्षमता, स्वच्छता, इमानदारिता आज पनि प्राधिकरणका कर्मचारी वृत्तका लागि चर्चामा आउने गर्छ ।

कुलमानले चाहिं आम जनताको मन जित्न सफल भए । तर यो सफलता उनी एक्लैको प्रयासले हुँदै होइन भनेर स्वयं कुलमानले पनि स्वीकार गरिरहेका छन् ।हिजो उनले प्राधिकरण, राजनीतिक वृत्त, कर्मचा’रीतन्त्र, गृह, प्रशासन लगायत सबै निकायको सहयोग लिए । सबैले सहयोग गरे । उनी एक्लैले गरेको होइन भनेर बारम्बार चार वर्षदेखि प्रष्टी’करण दिंदै आएका छन् ।

तर कुलमानविरोधीहरुले पनि उनी एक्लै आपैmले मात्र जस बटुले भन्ने दोष लगाइरहेका छन् । प्राधिकरणका हिजोका नालायक कार्यकारी निर्देशक, लोडसे’डिङ बेचेर व्यापारीसित पैसा असुल्ने भाट प्र’वृत्ति भएका कर्मचारी, कुलमानको ठाउँमा अर्काे हनुमान ल्याउन खोज्नेहरुले मात्र कुलमानले जस लिए भनेर एकतर्फी आ’रोप लगाउँदै आएका छन् ।

सतीले सरापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका राजनीतिक प्रा’णी कहिले पनि नेतृ’त्वमा आउन सक्दैनन् । उदाहरणका लागि तत्कालीन एमाले गणेश पण्डित र नेपाली कांग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि ने’तृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन ।

त्यसैगरी कर्मचारी’तन्त्रमा पनि जाली, फटाहा’हरुको हावी र बाहुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् ।मुद्दा कसले जसले भन्ने नै होइन । मु’द्दा हो कुलमानले किन निरन्तरता पाएनन् भन्ने हो । सतीले सरापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका राजनीतिक प्राणी कहिले पनि नेतृत्वमा आउन सक्दैनन् ।

उदाहरणका लागि तत्कालीन एमाले गणेश पण्डित र नेपाली कांग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि नेतृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन । त्यसैगरी कर्मचा’रीतन्त्रमा पनि जाली, फटाहाहरुको हावी र बाहुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् । चाहे त्यो अख्तियारको प्रमुख आयुक्त होस् वा अन्य मन्त्रालयका सचिव नै ।

यस्तो किन हुन्छ भने नेताका नियत सही नभएका कारण ।नेतालाई कसरी हुन्छ आप्ननो मान्छे भर्ती गर्ने,आफ्नो नभए कसले बढी क’मीसन दिन्छ, त्यसलाई नियुक्त गर्ने चलन २०४८ सालदेखि गिरिजाप्रसाद कोइरालाले सिकाएका हुन् । आज सबै दल, चाहे त्यो हिजोको एमाले होस् वा माओवादी वा अहिलेको नेकपा । नेकपा सरकारले नियुक्त गरेका अनुहार र पात्रहरुले कोइरालाको शा’सनको झल्को अहिले पनि दिइरहेको छ ।

काम गरेर प्रमाणित भइसकेपछि पुनः प्रतिस्पर्धाको दरकार नै पर्दैन । एकथरि पाखण्डहरु कुलमानलाई पुनः नियुक्त गर्न कानुनले नै दिंदै भन्दैछन् । जबकि विद्युत् प्रा’धिकरण ऐन, २०४१ ले बाटोमा हिंडिरहेको व्यक्तिलाई समातेर मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक बनाउन सक्ने अधिकार दिएको छ । विगतमा डा. जनकलाल कर्मा’चार्य दुईपटक लगातार कार्यकारी निर्देशक बने ।

सधै पशुपति शमशेर जबरा (तत्कालीन जलस्रोत मन्त्री) को आशिर्वाद पाइरहने कीर्तिचन्द ठाकुर तीनपटक कार्यकारी निर्देशक भए । ठाकुरले खिम्ती र भोटेकोसीजस्ता राष्ट्रघाती पीपीए गरिदिएका कारण प्राधिक’रणलाई न्यूनतम सय अर्ब रुपैयाँको क्षति पुग्यो । यी दुई विदेशी डलरवाला आयोजनालाई प्राधिकरणले अबको ३० वर्षसम्म डलर ति’र्नुपर्छ ।

खि’म्तीको आधा स्वामित्व प्राधि’करणमा आइसक्यो, तर भोटेकोसीमा छैन । यस्ता राष्ट्रघाती निर्णय गर्ने, सम्झौता गर्ने, प्रधानमन्त्री, ऊर्जा मन्त्रीहरुको पोल्टो भर्न सक्ने व्यक्तिको खोजीमा नेकपा रहेको कसैबाट लुकेको छैन । किनभने, कुलमानले कहिले पनि नेता र मन्त्रीलाई पैसा बुझाएन ।

नबुझाएको प्रमाण के हो भने स्वयं उनलाई नियुक्त गर्ने मन्त्रीले दबाव दिएर काम गराउने प्रयास गर्दा पनि कुलमानले मानेनन् ।कुलमानको यही शैलीका कारण धेरै एजेन्ट, माफियाका दलालहरु उनीसँग रिसाएका छन् । कसैको सरुवा गरिदिएनन्, कसैको ठेक्का दिएनन्, कसैलाई कमीसन दिएन । त्यो झुन्ड आम सर्वसा’धारण नागरिकभन्दा व्यापक शक्तिशाली छ ।

अहिले कुलमानको नियुक्ती रोकाउने प्रमुख व्यक्ति हुन् पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका हालका सल्लाहकार डा युवराज खतिवडा । खतिवडाकै कुरा सुनेर प्रधानमन्त्रीले उनको नियुक्ती रोकेको सबैलाई थाहा छ ।कुनै एक व्यक्तिले कुलमानले पुनःनियुक्त भयो भन्दा तत्कालीन सरकारका प्रवक्तासमेत रहेका खतिवडाको प्रतिक्रिया यस्तो थियो ।

कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गर्दैमा नियुक्ती हुन्छ ? सरकारका प्रवक्ताजस्तो व्यक्तिले भाषा यस्तो हुन्छ ? उनले त्यस्तो प्रतिक्रिया व्यक्त गर्नुको पछाडि उनीभित्र कुलमानप्रति व्याप्त रहेको रोष प्रक’टीकरण मात्र भएको हो । स्रोतका अनुसार डा. खतिवडाले भनेका कतिपय कुरा कुलमानले मानेका थिएनन् ।दृष्टि न्युजबाट,

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।