कुलमानलाई तुरुन्तै पुर्ननियुक्ती नगरे विरोध हुन्छ : आदिवासी महासंघ…हेर्नुहोस् ।

काठमाण्डु : नेपाल आदिवासी जनजाति महासंघले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुर्ननियुक्ती गर्न माग गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै कुलमानको कार्यकालले १८ घण्टासम्म रहेको लोडसेडिङबाट मुक्त गर्दै प्राधिकरणलाई सर्वाधिक नाफामा लैजाने जस्ता महत्वपूर्ण काम भएको बताएको छ ।

देशलाई अन्धकारबाट मुक्त गराउनाका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा लान सक्नु कुनै राजनीतिक चमत्कार नभई घिसिङको नेतृत्वमा कुशल व्यवस्थापकीय कार्य सम्पादनकै कारण उहाँ नेपाली जनजन र मनमनमा बस्नुभएको छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा कुलमानको पुनः नियुक्तीको आवाज उठिरहेको सन्दर्भमा उनको कार्यकाल पूरा भएको यतिका दिन बितिसक्दा समेत सरकारले कुनै निर्णय नलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले कुलमानलाई पुनः नियुक्ती नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लोडसेडिङ मुक्त उज्यालो नेपाल बनाउन सफल नेतृत्वको रूपमा चिरपरिचित पहिचान बनाएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई पुनःनियुक्त नगर्नु र आनकानी गर्नुमा सदिऔँदेखि राज्यबाट हेपिएका–सीमान्तकृत बनाइएका आदिवासी जनजाति समुदायका व्यक्ति भएकै कारणले त होइन भन्ने पर्याप्त आशंका सरकारको ढिलासुस्ती र आनकानीले उत्पन्न गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको मतबाट निर्वाचित सुविधाजनक बहुमत प्राप्त सरकारले जनताकै भावना र चाहनालाई अवमूल्यन् गरेको र नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सि’द्धान्तविपरित भएको ठहरसँगै यस विरु’द्ध हामी आदिवासी जनजातिहरुको वि’रोध हुने स्पष्ट पार्दछौं ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।