नेपाली भूमिमा भवन निर्माण गर्दै चिनियाँ पक्ष, नेपालीलाई नै प्रवेश निषेध…हेर्नुहोस् ।

हुम्ला : नेपाली भू’मिसँग सीमा जोडिएको चीनको सिमाना लाप्चा क्षेत्रमा चिनियाँ पक्षले अवैध रूपमा भवन निर्माण गरिरहेकाे छ । नेपाली भूभागमै पर्ने हुम्लाको ना’म्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको ला’प्चा क्षेत्रमा चीनले भवन नि’र्माण गरेको हाे ।

दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालतिर नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको छ ।
शनिबार मात्र लाप्चा क्षेत्र पुगेर फर्किएका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भू’भागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको बताए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ जान नदिएको उनले बताए ।

उक्त भवन के प्रयाेजनका लागि निर्माण गरिएको हो भन्ने जानकारी पनि नभएको रावतले बताए । यसअघि २०६६ सालमा सोही स्थानमा चिनियाँ पक्षले तीनवटा भवन नि’र्माण गरेको भए पनि नेपाली पक्षको वि’रोधपछि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकेको थियाे । हाल थप नयाँ भवन निर्माण गरेको टाढाबाटै देखिने तर सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएकाे बताइएकाे छ ।

तर चिनियाँ सुरक्षा’कर्मीहरु भने गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहेको एक हप्ताअगाडि लाप्चा पुगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए । हाल भवन निर्माण भएको स्थानभन्दा ७-८ सय मिटर पर डाँडामा १२ नम्बर सीमा स्तम्भ रहेको छ भने त्यो सँगै नजिकै ११ नम्बर सी’मास्तम्भ (पिल्लर) भने हराएको छ ।

जो हालसम्म पत्ता लगाउन नसकिएको नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङले पनि बताए । नेपाली भूमिमा चिनियाँ पक्षले भवन बाएको जानकारी पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी चि’रन्जीवी गिरीको ने’तृत्वमा यसबारे बुझ्न र सीमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा टोली लाप्चा गएको छ ।

अहिले सुनेको भए पनि वास्तविकता के हो ? त्यहीँ गएर जान’कारी लिने र के भएको हो, टुङ्गो लगाएर आउने प्रमुख जिल्ला अधिकारी गिरीले बताए । भवन बनाइरहेकाे क्षेत्रकाे अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृ’त्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्र’हरी र राष्ट्रिय अनु’सन्धान र नाम्खा गाउँपालिकाका अध्यक्षको टोली उक्त क्षे’त्रमा गएको छ ।

पिल्लर हराएको ५ वर्षसम्म पनि खोजी भएन !

चीन र नेपालको सीमामा हराएको स्तम्भको खोजी’कार्य कुरामा मात्र सीमित भएको छ । नेपाल र चीनसँग जोडिएका सीमाका पिल्लरमध्ये हुम्ला जिल्लासँग १२ वटा पिल्लर रहेकोमा नाम्खा गाउँपालिका– ६ लिमीसँग जोडिएको ११ नम्बरको पिल्लर भत्केको वा हराएको हो, कसैलाइ थाहा छैन ।

२०७२ सालमा जिल्ला प्रशासन कार्यालय हुम्ला र तिब्बतको स्वशासित क्षेत्र ताक्लाकोटको पु’राङ्ग प्रशासनसँग वर्षेनी गरिने सीमा वार्तामा तत्का’लीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले प्रमुख एजे’न्डाका रुपमा राखेपछि दुवै पक्ष मिलेर उक्त स्तम्भ खोजी गर्ने सहमति भएको थियाे । तर सहमति भएको ५ वर्ष बिति सक्दा पनि अहिलेसम्म दुवै पक्षबाट सो स्त’म्भ खोजीका लागि कुनै पहल भएकाे छैन ।

हराएकाे पिल्लरबारे कसैले वास्ता नै नगरेको नाम्खा गाउँपालिका वडा नं. ६ लिमिका वडाअध्यक्ष पाल्जोर तामाङले बताए । हराएको स्तम्भको बारे कुरा निस्केको भए पनि काम नगर्ने कुरा मात्र गर्ने हाम्रो प्रवृ”त्तिका कारण यसो हुन गएको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका कार्मा’तुन्डुप लामाले बताए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।