विना अ’क्सिजन १० पटक सगरमाथा आ’रोहण गरेका आङरिता शेर्पाको नि’धन !

काठमाडौं : विना अक्सि’जन १० पटकसम्म सगरमाथाको सफल आ’रोहण गरेका आ’ङरिता शेर्पाको नि’धन भएको छ । उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा नि’धन भएको पासाङ ल्हामु फाउ’न्डेसनका महासचिव छेटु शेर्पाले बताए।

सोलुखुम्बुको थमोमा ज’न्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आ’रोहण सुरु गरेका थिए ।उनले १० पटकसम्म बिना अक्सि’जन सगरमाथाको आ’रोहण गरेर कि’र्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिम’चितु’वाको प’दवीसमेत दिएको थियो ।

प’र्वतारोही शेर्पा लामो समयदेखि बि’रामी थिए। उनी तीन वर्षअघिदेखि बि’रामी परेर थ’लिएका थिए। १० पटक अ’क्सिजनबिनै सगरमाथा आ’रोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वा’स्थ्य ख’राब हुने भन्दै प’र्वतारोहणमा न’जान सु’झाव दिएपछि वि’श्राम लिएका थिए ।

यो पनि पढ्ननुहोस !
काठमाडौ : ६ महिनाअघि लक’डाउन सुरु गर्दा अब विदेशबाट ह्वारह्वारी युवाहरु नेपाल फर्कने वि’श्लेषण हुने गरेको थियो । अहिले दशैंको मुखमा यातायात र कार्यालयहरु खुल्ला हुन थालेपछि विस्तारै युवाहरु विदेशिने क्रम सुरु भएको छ ।पश्चिम नेपालबाट भारततर्फ जानेहरुको लर्को देखिन थालेको छ ।

भने खाडी मुलुकमा जानका लागि श्रम स्वीकृति गर्नेहरु विस्तारै बढ्न थालेका छन् । काठमाडौंको ताहचलस्थित श्रम कार्यालयको तथ्यांक हेर्दा औसतमा दैनिक ४०/४५ जनाले श्रम स्वीकृति लिन थालेका छन् । नयाँ श्रम स्वीकृति लिनेहरु दैनिक ५/७ जना छन् भने वैधानिकता मिलाउनेहरु ५/७ जना छन् । यो सबै जोड्दा दैनिक ५०/५५ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिन थालेका छन् ।

यो तथ्यांक काठमाडौंको मात्र हो । प्रदेश कार्यालयबाट पनि श्रम स्वी’कृति प्रदान गर्ने गरिएको छ । अहिले प्रदेश १ बाहेक ६ वटै प्रदेशका श्रम कार्यालयहरु खुलिसकेका छन् ।अरुबेला वैदेशिक रोजगार कार्यालय ताहचल निकै भीडभाड हुने ठाउँ हो । तर, मंगलबार यहाँ खासै भीड देखिएन । कार्यालयकी निर्देशक -उपसचिव) मुक्ता बास्कोटाका अनुसार लकडाउनकै बीचमा कार्यालय खुलेका कारण पहिलेको जस्तो भीड अहिले छैन ।

कहिलेकाहिँ बिहान अलि भीड देखिए पनि केहीबेरमै काम सकिने उनले बताइन् । ‘अहिले धेरैबेर लाइन लाग्नुपर्दैन, काम छिट्टै हुन्छ,’ उनले भनिन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल प्रदेश १ बाहेक अन्य प्रदेशका श्रम कार्यालयहरुमा समस्या नरहेको बताउँछन् । तर, प्रदेश १ मा भने कार्यालय नै नखुल्दा सेवाग्रा’हीहरुले सा’स्ती पाएको दाहालले बताए ।

बिराटनगरको कार्यालय नखुल्दा सेवाग्रा’हीको दुःखेसो:सुनसरीको राजाबास निवासी मनोज श्रेष्ठ युएईबाट फर्किएको ६ महिना भयो । चैतमै काममा फर्किने गरी बिदामा नेपाल आएका उनी ६ महिनादेखि यतै थुनिएका छन् । सरकारले पुनः श्रम स्वीकृति खुलाएको दुई महिना नाघिसक्यो । मनोजको काम अहिलेसम्म बनेको छैन ।

मंगलबार वैदेशिक रोजगार कार्यालय, ताहचलमा श्रम स्वीकृ’तिका लागि पुगेका मनोजले अनलाइनखबरसँग भने, कम्पनीले चाँडो आइज भनेर बोलाएको बोलायै छ ।श्रम स्वीकृति लिनका लागि मनोज दुईपटक बिराटनगरस्थित श्रम कार्यालयमा पुगेका थिए । पटक-पटक फोन गरे । ‘आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै लामो समयसम्म कार्यालय खुलेन’ श्रेष्ठले अनलाइनखबरसँग भने, अहिले निजी गाडीमा काठमाडौं आएर लाइनमा बसेको छु ।

इनरुवा घर भएका तुफेल अन्सारी पनि ७ महिनाअघि कतारबाट बिदामा घर फर्किए । २ महिनाको बिदामा आएका उनी लामो समय काममा जान पाएनन् । सरकारले पुनः श्रम स्वी’कृति दिने नि’र्णय गर्दा पनि बिराटनगरबाट उनले स्वी’कृति पाउन नसकेको गु’नासो गरे ।

त्यसैगरी लामो समय पर्खिँदा पनि बिराटनगरको श्रम कार्यालय नखुलेपछि अर्का छिमेकी दिल साहद पनि तुफेलसँगै काठमाडौं आए । काठमाडौं आउँदा उनले गाडीभाडावापत ८ हजार खर्चिनु परेको दुःखेसो सुनाए ।सामान्य अवस्थामा ८ सय रुपैयाँमा गाडीमा आउन सकिने बाटोमा निकै चर्को शुल्क तिरेर यात्रुहरु यसैगरी काठमाडौं आउन बाध्य छन् । सरकारले लामो दुरीका यातायात बन्द गरेका बेलामा यात्रुहरु यसरी ठ’गिएको महिनौं बितिसक्यो ।

तर, सरकारले कहीँ पनि अनुगमन गरेन । बल्ल विहीबारदेखि लामो दुरीका बस चल्ने तयारी भइरहेको छ, त्यही पनि ५० प्रतिशत म’हंगो भाडामा ।बसप्तरी घर भएका शत्रुघन महतो कतारबाट ६ महिनाअघि बिदामा घर फर्किएका थिए । उनले पनि मंगलबार काठमाडौंबाटै पुनः श्रम स्वी’कृति लिए । शत्रुघन भने प्रदेश कार्यालयमा जानुभन्दा सिधै काठमाडौं जान्छु र यतैबाट उड्छु भन्ने सोचेर राजधानी आएको बताउँछन् ।

यसैवीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले श्रम कार्यालय विराटनगरका प्रमुख (उपसचिव) प्रेम सञ्जेलले कोरोनाको कारण देखाउँदै कार्यालय खोल्न नमानेको बताए । के’न्द्रबाट गरिएका कुनै पनि निर्देशनहरु स’ञ्जेलले न’टेर्ने गरेको महानिर्देशक दाहालको आरो’प छ । प्रदेश १ बाहेक अन्य ६ वटा प्रदेशमा भने काम शुरु भइसकेको दाहालले बताए । ‘

वहाँलाई कतिपटक पत्राचार गरिएको छ, मैले पनि फोन गरेको छु’ दाहालले अनलाइनखबरसँग भने, ‘तर वहाँ का’र्यलय खोल्ने पक्षमा हुनुहुन्न । ताप्लेजुङबाट मानिसहरु महंगो भाडा तिरेर आउनुपर्छ, कोरोना लाग्यो भने को जिम्मे’वार हुन्छ भन्दै किन खोल्नु भन्नुहुन्छ ।’यसबारे बुझ्न खोज्दा प्रदेश १ को श्रम कार्यालयका हा’किम प्रेम स’ञ्जेलसँग फोन सम्पर्क हुन सकेन ।अन्लाईन खबर बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।