८१ वर्ष पुग्दा पनि घाँसखेती गर्दै टेक बहादुर, कमाउछन् वार्षिक ४ लाख…हेर्नुहोस् । सेयर गरौ !

स्याङजा : यी हुन टेक बहादुर थापा मगर । विगत ४३ वर्षदेखि घाँस खेती गर्दै आइरहेका टेकबहादुर अहिले पनि पुरानै जोश-जाँगरका साथ घाँस खेती गरिरहेका छन् । समय सापेक्ष घाँस खेती गर्दा राम्रो आम्दानी हुँदै जान थालेपछि उनले विभिन्न प्रजाजिका घाँसका बीउ लगाएर ठूलाे भएपछि काटेर बेच्ने गरेका छन् ।

उत्पादन नहुने जग्गाको सदुपयोग गर्दै ७ रोपनी जग्गामा घाँस खेती गरेका टेक बहादुरले घाँसबाट मात्रै वार्षिक ४ लाख कमाउने गरेको बताए । पछिल्लो समय कृषि गर्नेको संख्या वृद्धि हुन थालेपछि आफ्नो व्यवसाय झनै फस्टाउँदै गएको उनको भनाइ छ ।

व्यावसायिक रुपमा भैँसी, बाख्रा पाल्ने कृषकहरू जग्गाको अभावमा घाँस खेती गर्न नसकेपछि उनीसँग घाँस किनेर लाने गरेको सुनाए । उनले राइ खनायो, सिओ थ्रि, सियो फो, किम्बु, लेमनग्रास लगायत २३ प्रजातिका घाँस उत्पादन गर्दै आइरहेका छन् । उनीले उत्पादन गरेको उन्नत प्रजातिको घाँस बाग्लुङ, पोखरा, बुटवलसम्म बेच्ने गरेको सुनाए ।

उत्कृष्ट कृषको रुपमा चिनिँदै आएका टेक बहादुर दर्जनभन्दा बढी संस्थाबाट पुरस्कृत समेत भइसकेका छन् । घरको सपना लाउरे बनाउने भए तापनि कृषि पेशा रोजेका टेक बहादुरले आफूले स्वदेशमै बसेर जितेको अनुभव गरेका छन् ।

विदेशमा अर्कोको जागिर खानुभन्दा उत्पादन गरेर अरुलाइ खुवाउनु घर्म हुने भन्दै आफूले यो पेशा सुरु गरेको उनको भनाइ छ । कृषिमा आत्मनि’र्भर नभए देश अगाडि बढ्दैन भन्ने सोचका साथ ४३ वर्ष अगाडीदेखि कृषि कर्म गर्दै आइरहेका टेक बहादुरसँग अरुले पनि केही सिक्न जरुरी छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।