३० किलो राहत बुझेको कागजमा सहि गराएर बिपन्नका हातमा ७ केजी चामल, बाकी जनप्रतिनिधिको खल्तीमा…हेर्नुहोस् ।

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जु’ध्न गरिएको लकडाउनले बि’चल्लीमा परेका गरीब, अ’सहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत बाँड्दै थियो ।राहतले केही दिनको भए पनि गु’जारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा त्यहाँबाट फर्कंदा भने नि’राश भइन् । वडाले दिएको राहतले १३ जनाको उनको परिवारलाई त्यही दिन बेलुकीको छाक मात्रै ट¥यो ।

“३० किलो चामल अनि दाल र तेल पाइन्छ भनेकाले केही दिनलाई ढुक्क भो भन्ने लागेको थियो, तर त्यो चामलले साँझको छाक पनि मुश्किलले ट¥यो” बिन्द्राले भनिन्, “हामीलाई पाँच किलो चामल दिए, वडा कार्यालयले नगरपालिकामा भने ३० किलो दियौं भन्ने लेखेर पठाएछ ।”बडिमालिका–९, सनाईबाडाका दल सनाईको आशा अझ ठूलो थियो । १५ जनाको परिवार पाल्न धौ–धौ भइरहेका उनी नगरपालिकाले दिने राहतले केही दिनको गर्जो ट’र्ने आशामा थिए । तर, नगरपालिकाले दिएको सात केजी चामलले उनको घरमा दुई छाक टा’र्न मुश्किल प-यो ।

“३० किलो चामल पाएको कागज बनाएछन्, तर मैले सात किलो मात्रै पाएँ”, दलले भने । बडिमालिका नगरपालिकाले तयार पारेको वडा नम्बर ९ को राहत पाउने सूचीमा उनको नाम ६८औं नम्बरमा छ । त्यसमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझिलिएको उल्लेख छ । तर, उनले पाएको जम्मा सात केजी चामल मात्रै हो ।बडिमालिका–९ मा राहत पाउने सूचीको पहिलो नम्बरमा खुड्के चदाराका छोरा जहरे चदाराको नाम छ ।नगरपालिकामा रहेको सूचीमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझेको विवरण छ ।

तर, आफूले जम्मा सात केजी चामल, एक केजी दाल र एक प्याकेट नून मात्रै पाएको उनी बताउँछन् ।बडिमालिका–९ मा जम्मा १७९ परिवारलाई राहत वितरण गरिएको र सबैलाई ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन दिइएको नगरपालिकाको विवरणमा उल्लेख छ । विडम्बना उनीहरू कसैले पनि यो विवरण अनुसारको राहत पाएका छैनन् ।बाजुराको बढीनन्दा नगरपालिकाको पाटनमा भेडा चराउँदै भो’टे स’मुदाय । उनीहरुलाई पनि कोरोनाको नाममा प्रति परिवार ५ किलो चामल वितरण गरिएको छ ।

यस्तो किन त ? खोज्दै जाँदा महामारीको असरले हदैसम्म सताएका यहाँका गरीब र अ’सहायले पाउने राहतमा पनि स्थानीय सरकारले ¥याल चु’हाएको भेटियो ।नगरपालिकाको अभिलेख अनुसार, बडिमालिका नगरपालिकाले ९ वटै वडामा लकडाउनको मा’रमा परेका गरीब र अ’सहायलाई राहत वितरण गरेको छ । तर, त्यसको बिल भर्पाई एकथरी छ भने राहत पाउनेको यथार्थ अर्कै छ । जस्तैः पानी पिउने प्लाष्टिकको मगलाई दुई केजीको भाँडा मानेर चामल र दाल वितरण गरिएको छ । तर, बिल भ’र्पाईमा त्यसरी ३० केजी दिइएको देखाइए पनि सात केजीभन्दा बढी कसैले पाएका छैनन् ।

कोही कोहीलाई त दुई केजी चामल दिएर ३० केजीको भर्पाईमा सही गराइएको छ ।अर्थ मन्त्रालयले जारी गरेको ‘अ’सङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा अ’सहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मा’पदण्ड, २०७६’ मा प्रत्येक परिवारलाई ३० केजी चामल लगायतका राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मि’लेमतोमा कागजी रूपमा यो मा’पदण्ड पालना गरिएको झू’टो विवरण तयार पारिएको छ । यहाँ कसैले पनि सरकारी मा’पदण्ड अनुसार राहतमा पाएका छैनन् ।मा’पदण्ड अनुसार राहत वितरणको विवरण वडा, नगरपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा हु’बहु जानुपर्छ ।

मा’पदण्डको दफा ५ को उपदफा एकमा खाद्य आवश्यकताको आधारमा गरीब, अ’सहाय र श्रमिकलाई प्रतिपरिवार ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी (प्याकेट) नून, दुई केजी चिनी र चारवटा साबुन राहतस्वरुप वितरण गरिने उल्लेख छ । दुई जनासम्मको परिवार भएमा यसको आधा र तीन वा त्यसभन्दा बढी परिवारका सदस्य भएमा पूरै राहत दिनुपर्ने व्यवस्था मा’पदण्डले गरेको छ ।बडिमालिका नगरपालिका–८ मा राहत वितरण गरिएकालाई प्रतिपरिवार मा’पदण्डमा उल्लेख भएअनुसार पूरै राहत वितरण गरिएको उल्लेख छ ।

बडिमालिका–८, को’ठ्याराकी पार्वती रावल र नन्दा रावलको नाम पनि पूरै राहत पाउनेको सूचीमा छ । तर, यहाँ कसैले पनि पाँच केजी चामल, एक प्याकेट नून र एउटा साबुनबाहेक बढी केही पाएका छैनन् । पार्वती भन्छिन्, “हाम्रो नाममा लेखिएको राहत कसले खायो, खोजी गर्नुपर्ने भएको छ ।”पार्वती र नन्दा जस्तै यो वडामा पूरा राहत पाउने सूचीमा रहेका १५९ जनाले नै पाँच केजी चामलभन्दा बढी राहत पाएका छैनन् । अझ अनौठो उदाहरण हेरौंः वडा कार्यालयले तयार पारेको राहत वितरण सम्बन्धी विवरणमा अहिले तनहुँमा रहेका व्यक्तिले समेत राहत पाएका छन् ।

विवरणमा स’मेटिएका पविन्द्र शाहीलाई १५ केजी चामल वितरण गरिएको उल्लेख छ । तर, शाही अहिले तनहुँमा बस्छन् र तनहुँको म्याग्दे गाउँपालिकाको रोजगार संयोजकको भूमिकामा काम गरिरहेका छन् ।शाहीले तनहुँबाट भने, “नगरपालिकाले मेरो नाममा झू’टो विवरण बनाएछ, मलाई राहत आवश्यक नै छैन । आवश्यक परे म आफैं नगरपालिकालाई राहत जु’टाइदिन सक्छु । यसरी झू’टो विवरण तयार पारेर राज्यकोषको पैसा दोहन गर्नेलाई का’रबाही हुनुपर्छ ।”बडिमालिका नगरपालिका–२, माझीगाउँका नन्दे द’माईको आठ जनाको परिवार छ । सरकारले बनाएको मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो ।

तर, पाए १० केजी चामल, एक केजी नून र तेल एक लिटर मात्र । पूरै राहत पाउनुपर्ने बडिमालिका नगरपालिका–२ की धौली साउले पनि १० केजी चामल, एक केजी दाल, एक लिटर तेल र एक केजी नून मात्र पाइन् । मा’पदण्ड अनुसार आधा राहत पाउनु पर्ने बडिमालिका–१, सल्यानाका रामबहादुर कार्कीले पनि आठ केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।बडिमालिका–२, माझीगाउँका रं’गी द’माईको नौ जनाको परिवार छ । मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो ।तर, पाए २० केजी चामल, एक केजी दाल, एक केजी चामल र एक लिटर तेल मात्रै ।

आठ जनाको परिवार रहेका बडिमालिका–७, ढ’म्कनेका बुदे धामीले पनि १० केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।१३ जनाको परिवार रहेका सोही गाउँका अं’गे रोकायाले पनि १९ केजी चामल, दुई केजी दाल, दुई केजी नून र दुई लिटर तेल पाए । मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो । सरकारी मा’पदण्डमा सम्बन्धित वडाले राहत वितरण सम्बन्धी अ’भिलेख साप्ताहिक रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राहत वितरणमा ब’दमासी गरिएकै कारण बडिमालिका नगरपालिकाले राहत वितरणको अभिलेख सार्वजनिक गरेको छैन ।

सुदूरपश्चिमको पहाडमा गरीब, द’लित परिवारलाई च’क्रीय ऋणको जा’लोमा पार्ने र त्यसको ब्याजका नाममा पुस्तौंसम्म आफ्नो घर–खेतमा काम गर्न राख्ने ह’लिया प्र’था दा’स प्र’थाकै एउटा अ’वशेष थियो । त्यो अन्त्य भएको घो’षणा भएको पनि १२ वर्ष भयो ।२०६५ सालमा गरिएको ह’लिया मु’क्तिको घो’षणापछि सरकारले मु’क्त ह’लियाको व्यवस्थापनका लागि भन्दै ठूलो धनराशि खर्च गर्दै आएको छ । तर, मु’क्त ह’लियाको जीवनस्तर सु’ध्रिएको छैन । बरु क’माइखाने जग्गाजमीन र आम्दानीको कुनै बाटो नहुँदा यो स’मुदाय जहिल्यै भो’कमरीको च’पेटामा पर्छ ।

लकडाउनमा सबभन्दा बढी पी’डामा पनि ह’लिया नै परे । तर, तिनै ह’लियालाई पनि कोभिड–१९ को राहत वितरणमा ठ’गिएको छ ।बडिमालिका–९, उ’खाडीमा पूर्व ह’लियाको एउटा ब’स्ती छ । तर, यहाँका मु’क्त ह’लियाले आजसम्म कुनै सरकारी सेवासुविधा पाएका छैनन् । लकडाउनको असरबाट जो’गाउन नगरपालिकाले दिने राहतमा पनि उनीहरूमाथि उही व्य’वहार भएको छ, कागजमा पूरै राहत पाएको देखाएर थोरै राहत दिइएको छ ।जस्तो कि हीरा च’दाराको सात जनाको परिवार छ । आफ्नो खेतबारी छैन । आम्दानीको कुनै स्रोत छैन ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।