मत्री ज्ञवाली भन्नुहुन्छ : कुलमानलाई पुन: नियुक्ति गर्न कानुनी अड्चन छ, लोडसेडिङ हट्नु उनको एक्लो प्रयास होइन…हेर्नुहोस् ।

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्च’न रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने,

क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गरिने बताउनुभयो । बुटवलमा आयोजित पत्रकार सम्मेलनममा बोल्दै उहाँले भन्नुभयो- ‘विद्युत प्राधि’करणका सन्दर्भका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ । तर पुनर्नि’युक्ति गर्न कानुनले दिंदैन ।’

मन्त्री ज्ञवलीले कानुन अनुसार प्रवधान मिलाएर उहाँलाई पुन: नियुक्ति दिन सकिने र, त्यो सम्बन्धमा वर्तमान अवस्थामा सरकारले छलफल गरिरहेको स्प’ष्ट पार्नुभयो । कुलमानको चर्चा र लोक’प्रपियतामा उहाँले प्रश्न समेत गर्नुभएको छ । उहाँले नेपालमा लोड’सेडिङ हटाउन कुलमानको एक्लो प्रयास मात्रै नभएको बताउनुभयो ।

सरकारको लगानी र टिमको योगदानले लोड’सेडिङ अ’न्त्य भएको उहाँको धार’ण थियो । मन्त्री ज्ञावलीले पार्टी सन्तुलनमा राख्न मन्त्रीमण्डल पुनरगठन हुनसक्ने संकेत पनि गर्नुभयाे । मन्त्रीमण्डल पुनरगठन र मन्त्री फेरबदल हुनु सरकारको नियमित प्रकृया भएकाले यसलाई आश्चार्य नमान्न आ’ग्रह गर्नुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।