नेपालमा पहिलोपटक लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस सञ्चालनमा…हेर्नुहोस् ।

काठमाडौं, २ असोज । नेपालमा पहिलोपटक लामो दूरीमा बिजुलीबाट चल्ने ‘विद्युतीय मिनी बस’ सञ्चालनमा आएको छ ।
मिनी बसको उद्घाटन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै कर बढाएर गल्ती गरेको बताउनुभयो ।
भवलक्ष्मी यातायात सेवा प्रा.लि.ले उक्त मिनी बसहरु सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंबाट रामेछापको मन्थलीसम्म २ वटा मिनी बस सञ्चालन हुने कम्पनीले जनाएको छ ।
विजुली बसले पर्यावरण संरक्षणमा मद्दत पुर्याउनुका साथै नेपालमा उत्पादन भएको विद्युत खपत भएर आयातीत इन्धन प्रतिस्थापन हुने कम्पनीका अध्यक्ष रितु प्रसाद चौलागाईंले बताउनुभयो ।
उक्त विद्युतीय मिनी बसहरु एनबी ग्रिन टेक इन्टरनेशनलले चीनबाट नेपालमा आयात गरेको हो । नेपालको सबै प्रकारका बाटोमा उक्त बसहरु सहजै गुड्न सक्ने कम्पनीको दाबी छ ।
हाल सञ्चालनमा आएको मिनी बसको नेपाली बजार मूल्य करीब १ करोड रुपैयाँ रहेको एनबी ग्रिन टेक इन्टरनेशनलले जनाएको छ ।News24 Nepal