५५ रुपैयाँमा ३ दिन सम्म अनलिमिटेड युट्युब हेर्न पाउने नेपाल टेलिकममा ? कसरी लिने त यो अफर…हेर्नुहोस ।

काठमाडौ : संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ ।

यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ ।

यो भिडियो पढ्ननुहोस !

६ महिनापछि विराटनगरबाट काठमाडौंको लागि छुटे वस !

 
विराटनगर : गत चैत्र ११ गतेदेखि ब’न्द भएका सवारीसाधन ६ महिनापछि असोज १ गते पहिलो दिन चारवटा माइक्रो वस र एउटा नाइट बस लामो दूरीका यातायात विराटनगरबाट काठमाडौंको लागि छु’टेका छन् ।

विश्वकर्मा पू’जा भएकाले पहिलो दिन थोरै सवारी साधनहरु गएका र भोलिदेखि पू’र्ण रुपाले सवारी साधन च’ल्लने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषध्यक्ष राजु धमलाले जानकारी दिनु भयो । उहाँले छोटो दूरीका पनि थोरै यातायात सञ्चालनमा आएको बताउनु भयो ।विराटनगर बसपार्कमा सवारी साधनलाई से’निटाइज गरिन्छ र सु’रक्षा वि’धि अ’पनाएर सार्वजनीक सवारी साधन संचालनमा गरिएको घमलाले बताउनु भयो ।

विराटनगर बाट छुटेका सवारी चालक , सहचालकलाई फे’समाक्स से’निटाइजर लगायतका सु’रक्षाका आधारभुत सामग्री उपलब्ध गराइएको थियो भने विहिबार काठमाण्डौ ४० जना मात्र यात्रु गएका थिए ।१८ जना यात्रु अ’ट्ने क्ष’मताको माइक्रो बसमा सामाजिक दूरी पा’लना गर्दै ५ देखि ८ जना मात्र यात्रु राखिएको थियो ।

यात्रुहरुले पनि मा’स्क र से’निटाइजरको प्रयोग गरेका थिए ।विराटनगर बाट काठमाण्डौ सं’चालन भएपछि अन्य लामो दूरीका सवारी साधनको ध’माधम बु’किङ सुरु भएको कोषध्यक्ष धमलाले जानकारी दिनु भयो । विराटनगरबाट लामो र छोटो दूरी गरी तीन सय ५० वटा सवारी साधन सञ्चालन हुँदै आएका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।