एमाले र माओवादी गुट द्व’न्द्वमा भुं’ग्रोमा पि’ल्सिए घिसिङ…हेर्नुहोस् ।

काठमाडाैं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नि’युक्ति गर्ने विषय बिहानैदेखि च’र्चामा थियो । तर उक्त बैठकमा त्यो अजे’न्डाले प्रवेशै पाएन ।

मन्त्रालय स्रो’तका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नि’युक्तिको अजे’न्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् । एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्रीज्यू, मेरो अजेन्डा’ भन्नासाथ ओलीले ‘पछि’ भनेर जवाफ दिएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी के’न्द्र एकीकर’णपछि बनेको नेपाल कम्युनि’स्ट पार्टी (नेकपा) मा सोहीअनुसार विभिन्न गु’ट छन् । त्यस्ता गु’टको अन्तरद्व’न्द्वको भुं’ग्रोमा घिसिङ पुनर्नियु’क्तिको विषय पि’ल्सिन पुगेको नेकपाका एक नेताको बुझाइ छ । सोमबार बिहान र साँझ नेकपाका दुई नेताले सामाजिक स’ञ्जालमा अभिव्य’क्त गरेको मतले पनि उनको बुझाइलाई पु’ष्टि गर्छ ।

मन्त्रिप’रिषद्को बैठक बस्ने दिन सोमबार बिहान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पुन’र्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको भन्दै ट्विट गरेका थिए । सचिवालय सदस्यसमेत रहेका श्रेष्ठको उक्त ट्वि’टलाई अर्थ’पूर्ण रूपमा लिइएको थियो ।

साँझपख प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घिसिङकै विषयमा प्रवक्ता श्रेष्ठलाई कटाक्ष गर्दै फेसबुकमा लामो स्टाटस लेखे । ‘एक अवधि पूरा गरेर हिजो (आइतबार) बिदा भएका व्यक्तिका पक्षमा पार्टीका प्र’वक्ताको यस खुला लबिङले कतै ‘। कुम्लो बोकी ठिमीतिर’ जस्तो पो भयो कि ?

नेकपाभित्र घिसिङलाई तत्कालीन माओवादी के’न्द्र समूहनि’कट मानिन्छ । उनलाई विद्युत् प्राधिकरणको नेतृ’त्वमा सोही पार्टीको प्रतिनि’धित्व गर्ने तत्का’लीन ऊर्जामन्त्री जनार्दन शर्माले ल्याएका थिए । खुला प्रति’स्पर्धामार्फत उनलाई नेतृ’त्वमा चयन गरिएको थियो ।

२०७३ भदौ २९ गते बसेको मन्त्रिप’रिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधि’करणको प्रबन्ध निर्देशकमा नियु’क्त गरेको थियो भने उनले २०७३ भदौ ३१ गते पद’भार ग्रह’ण गरेका थिए । कतिपयले घिसिङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालनिक’ट पनि मान्ने गरेका छन् ।

घिसिङ नेतृ’त्वमा आएपछि दैनिक १४ घन्टा लामो लोडसे’डिङबाट जनताले मु’क्ति पाए । यसैकारण उनको चौ’तर्फी प्रशं’सा हुने गरेको छ । उनको चु’लिएको प्र’शंसाले सरकारलाई नै अप्ठ्या’रोमा पारेको प्रधानमन्त्रीनिकटहरूको बुझाइ छ । कार्य’काल सकिने समयमा उनलाई पुनर्नि’युक्ति दिन माग गर्दै सडकमा प्रद’र्शनसमेत हुन थालेका छन् ।

सरकारी स्रो|तसाधन प्रयोग गरेर आफू हिरो हुने तर त्यसको जस सरकारले नपाउने स्थिति आयो,’ नेकपाका एक नेताले भने, ‘यसैले उहाँबारे पार्टीभित्रै असन्तु’ष्टि देखिन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।