असोज १५ गतेबाट दसैंको टिकट बुकिङ खुलाउने तयारी ,तर भाडा भने यतिसम्म बढ्न सक्ने…हेर्नुहोस् ।

काठमाडौ : सरकारले लामो दु’रीका सार्वजनिक यातायात ५ असोजबाट स’ञ्चालन गर्ने अनुमति दिएसँगै दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दु’रीको सार्वजनिक सवारी चलाउने नि’र्णय गरेसँगै १५ असोजबाट टिकट बि’क्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताए ।

निषे’धाज्ञा खुलेपनि को’रोना संक्र’मणदर दिनप्र’तिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने या’त्रुहरूको भिडा’भाड काउ’न्टरमा नहोस् भनेर अनलाइन टिकटको व्यवस्था गर्ने तयारीमा छ । विभागले यसअघि नै यातायात व्यवसायीहरूलाई अनलाइनबाट टिकट बि’क्री वितरण गर्ने व्यवस्था गर्न आ’ग्रह गरिसकेको थियो ।

अन्य समयको तुलनमा यो वर्षको दसैँमा सर्व’साधारण ५० प्रतिशतले कम हुने व्यवसायीहरूले आँक’लन गरिरहेका छन् । यस्तो अव’स्थामा विभागले संक्र’मणको थप जो’खिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिश’त मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बो’क्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औ’षत मूल्यको ५० प्रतिशतसम्म भाडा द’र बढाउन सक्ने व्यवस्था गरेको छ ।

विभागका महानिर्देशक हमालले भने, व्यवसायीलाई सरकारले तोकेको भा’डादरमा थप ५० प्रतिशत भाडा बढाएर यात्रु ओसा’रपसार गर्ने छुट दिएका छौँ । अन्य समयमा दसैँमा भाडा अझै घटाउने गर्दथ्याैँ भने यसपटक व्यवसायी थप मर्कामा परेका छन् । त्यसैले भाडा बढाउन छु’ट दिइएको हो ।यता सरकारले सञ्चालनको अनुमति दि’नुपूर्व नै यातायात व्यवस्थापनमा जु’टेका व्यवसायीहरू भने सरकारले तोकेको मापदण्डमा नै रहेर यातायात स’ञ्चालन गर्ने बताउँछन् ।

अ’खिल नेपाल यातायात म’जदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले सरकारले आधामात्रै यात्रु बोकेर स’वारी साधन सं’चालन गर्न व्यवसायी सहमत भएको बताए ।उनले भने, सरकारले सवारीको कुल क्षम’ताको आधा’मात्रै यात्रु बोक्न पाउने निणर्य गरेको छ । हामी सोही नि’र्णय अनुसार नै चल्छौँ । भाडा दरमा पनि सरकारले व्यवसायीलाई हेरेको छ । यो राम्रो पक्ष हो ।

कार्कीले सरकारको मात्रै नभएर व्यवसायी र मजदुर संघहरू दुवै छलफल गरेर टिकट व्यवस्थापनका लागि आवश्यक कदमहरू चाल्ने बताए । उनले यातायात व्यवसायीहरूले १ असोजबाट सार्वज’निक यातायात स’ञ्चालन गर्ने या सरकारको नि’र्णय मान्ने भन्ने कुरामा भने अहिलेसम्म निर्णय नभइसकेको बताए ।त्यस्तै यातायात राष्ट्रिय व्यवसायी महासं’घका सचिव सरोज सिटौलाले पनि सरकारको मापदण्ड पूरा गरेर सार्वज’निक यातायात सञ्चा’लन गरेपनि अनलाइन टिकटको व्यवस्थामा भने अहिलेसम्म कुनै क’दम नचालिएको बताए ।

उनले भने, ‘सरकारले औ’पचारिक रुपमा पत्र काटेर अनलाइन टिकेटको व्यवस्था गर्न भनेको छैन । अहिलेसम्म त्यसको तयारी भएको छैन । अब आज र भोलि व्यवसायी र मजदुर संगठ’नबीच छलफल गरेर कसरी भिड व्यव’स्थापन गर्ने भन्ने कुराको निणर्य गर्छाैं ।हरेक वर्ष दसैँका लागि २५ लाख सर्वसा’धरणले उपत्याका छोड्ने गरेका छन् । यसवर्ष भने कोरोना संक्रमण सुरूवात देखि नै उपत्यका छोड्ने बढेकोमा करिब १२ लाखको हाराहारीमा सर्व’साधारण उपत्यका बाहिरिन सक्ने व्यवसायीहरूको आँक’लन छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed