बाइबाई कुलमान ! जाने बेलामा यसो भन्दै बाहिरीए कुलमान…हेर्नुहोस् ।

काठमाडौं : बाइबाई कुलमान !अर्थात नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई। नेपाल विद्युत प्राधिक’रणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले विदाई गरेका छन् ।

कर्मचारीहरुले मंगलबार (आज) एक कार्यक्रमकाबीच घिसिङलाई वि’दाई गरेका हुन् । घिसिङको गत आइतबार मात्रै चार वर्षे कार्यकाल सकिएको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले सरकार र राजनीतिक नेतृ’त्वको मा’र्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गरेको कारण सफलता पाएको बताउनुभयो ।

त्यस्तै, उहाँले ने’तृत्वमा कोही आउन÷जानु सामान्य प्रक्रि’या भएको बताउँदै कर्मचारीले रातको १०÷१२ बजेसम्म पनि काम गरेको कारण पनि राम्रो नतिजा आएको बताउनुभयो । घिसिङको विदाईका प्राधि’करणका कर्मचारीहरु भावुक बनेका थिए ।

घिसिङको चार वर्षे कार्यकाल सकिएसँगै प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् ? भन्ने टुंगो लागेको छैन । त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ ।१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।