उज्यालोका नायक कुलमान जसले औपचारिक बिदाइ पनि पाएनन्…हेर्नुहोस् ।

काठमाडौं : वर्षौंदेखि लो’डसेडिङ व्याप्त थियो। लक्ष्मीपूजाको दिन पनि रहर मेट्ने गरी नेपालीले बत्ती बाल्न पाउँदैनथे। घर उज्यालो बनाउने चाहना पूरा गर्न मैनबत्ती वा दियोको सहारामा नलिए उपाय थिएन। यस्तैबीचमा सरकारले २०७३ साल भदौमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त ग¥र्‍यो। घिसिङले औप’चारिक नियुक्ति लिएको करिब डेढ महिनापछि तिहार आयो। सबैलाई त्यतिबेला लागेको थियो, अघिल्ला वर्षजस्तै यसपटक पनि तिहारमा धि’त मरुन्जेल बत्ती बाल्न पाइनेछैन।

विद्युत प्राधिकरणको ११ तहको अधिकृतबाट कार्यकारी निर्देशक बनेका घिसिङ त्यही तिहारमा आफ्नो पहिलो परीक्षा दिइरहेका थिए। काठमाडौंको स्युचाटारमा रहेको भा’रप्रेषण के’न्द्रमा आफैँ गए। बत्तीको माग र आपूर्तिको ग्राफ आफैँले हेरे। सकेसम्म ग्रा’हकलाई घर उज्यालो बनाउन बत्ती दिने उनको चाहना त्यसैदिन पूरा भयो। अर्थात् सबैभन्दा धेरै बत्तीको माग हुने दिन नै नेपालीले खुशीका साथ घर उज्यालो बनाउन पाए। यसैलाई आफ्नो सफलताको पहिलो खुट्कि’लो मानेर घिसिङ उज्यालो नेपालको यात्रामा अघि बढे ।सर्व’साधारणको घरमा बत्ती जान छोड्यो।

अर्थात् जनताले महसुस गरिरहेको १८ घण्टा लामो लोडसेडिङ अन्त्य भयो। काठमाडौं र पोखराबाट सुरु भएको यो अभियान देशव्यापी भयो। विस्तारै उद्योगको लोडसे’डिङ पनि हट्यो। घिसिङले नेपाल विद्युत प्राधि’करणमा आफ्नो ४ वर्षे कार्यकाल समर्थन र विरोधका उतारचढावबीच पूरा गरेका छन्। चार वर्षे कार्यकाल पूरा गर्दा घिसिङ औपचा’रिक रूपमा बिदासमेत नभई प्राधिकरणबाट बाहिरिएका छन्। ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले नै उनलाई कुनै बिदाइ समारोह नगर्न र आफ्नो उपल’ब्धि सार्वजनिक नगर्न निर्देशन दिएका थिए।

करिब दुई साताअघि उनको नियुक्तिको विषयमा व्यापक हल्ला चलेपछि मन्त्री पुनले निर्देशन दिएर उनलाई आफ्नो र सरकारको बचाउमा विज्ञप्ति नि’काल्न लगाए। घिसिङका कामको उपल’ब्धिबाटै आफ्नो उचाइ बढाउने कोसिस गरिरहेका पुनले अन्तिममा घिसिङको पुन’र्नियुक्तिको प्रस्ताव’समेत मन्त्रि’परिषदमा लैजान सकेनन्। मन्त्री पुनले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा घिसिङको पुनर्नियुक्ति हुने बताएका थिए। त्यसका लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने पनि बताएका थिए। तर वाचाअनुसारको काम उनले गरेनन्। किनकि पुनको चाहना घिसिङलाई दोहो¥र्‍याउने थिएन। र छैन पनि।

घिसिङ लोडसेडिङ हटाउन पूर्णरूपमा सफल भए। प्राधिकरणको वित्तीय अवस्थालाई उनले ‘यु-टर्न’ गराए। आफूले गरेको कामको नतिजाले उनलाई जनस्तरबाट ‘राष्ट्र नायक’का रूपमा स्थापित गराउन सफल भएपनि घिसिङ आफैँ आफ्ना लक्ष्य प्राप्तीमा शतप्र’तिशत भने देखिन सकेनन्। लो’डसेडिङ हटेको र प्राधि’करणले आफ्नो वित्तीय स्वास्थ्य राम्रो बनाएको जस्ता उपल’ब्धिका अगाडि अधिकांश आयोजना सम्पन्न हुन नसकेको र विद्युत उत्पादन तथा वितरणमा राखिएका वा’र्षिक ल’क्ष्य प्राप्त गर्न नसकेको विषय सधै गौं’ण बने।

वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका केही आयोजनालाई सञ्चालनमा ल्याए। प्राधिकरणको वित्तीय स्वास्थ्य सबल बनाए। विद्युत चुहा’वट घटाउन, सेवा प्र’वाहमा दक्षता अभिवृ’द्धि गर्न र प्रशारण प्र’णालीमा उपलब्ध विद्युतलाई मागअनुसार व्यवस्थापन गर्न उनी सक्षम भए। त्यस्तै १३ वर्षदेखि हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव सम्पन्न गरेको र एइनइए इन्जि’नियरिङ कम्पनी लिमिटेड स्थापना गरी क्रियाशील बनाएको विषयलाई पनि कुलमानको सफलतासँग जोडेर हेरिन्छ। ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा कर्मचा’रीहरुलाई जिम्मे’वारी दिई प्राधिकरणको प्रशा’सनिक सु’धारमा पनि उनले सफलता पाए।

उत्पादनका क्षेत्रमा हेर्दा वर्षौंसम्म अ’लपत्र अव’स्थामा रहेका र निर्मा’णाधीन आयोजनाको काममा तीव्र’ता दिए। चमेलिया, त्रिशुली-३ ए र कुलेखानी तेस्रो जलविद्युतलगायत आयोजनाको काम सम्पन गरे। माथिल्लो तामाकोशी, मध्य भोटेकोशी, सान्जेन, रसुवागढीजस्ता आयोजनामा पनि कामले गति लिएको थियो। तर ती आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन भने सकेका छैनन्। कुलमान यो अपजसको भागिदार भने सधैँ रहिरहनेछन्। प्रशारण ला’इनतर्फ २२० केभी खिम्ती–ढल्केबर, १३२ केभी हेटौँडा–कुलेखानी–स्युचाटार, १३२ केभी बलाच–अत्तरिया, ४ सय केभी खिम्ती–बाह्रबिसे–काठमाडौं प्रशारण लाइन निर्माण पनि कुलमानकै पालामा हासिल भएको उपलब्धि हो।

वितरण तथा ग्राहक सेवा क्षेत्रमा उनले अनलाइन पेमेन्टको सुरुवात, ग्राहकले सहजरूपमा मिटर पाउने व्यवस्था, स्मार्ट ग्रिड र स्मार्ट मिटर प्रणालीलाई उपत्यकामा नमुना परियोजनाका रूपमा अगाडि बढाएको जस्ता विषयहरुलाई मुख्य उपलब्धि ठानिएको छ ।ग्रा’मीण विद्युती’करणमा पनि उनले राम्रो सफलता पाए। त्यस्तै अन्तरदेशीय विद्युत व्यापारका लागि यो अवधिमा भए गरेका कामहरुले तात्विक नतिजा देखाउन नसके पनि आगामी दिनका लागि भने राम्रो जग बन्यो। ढल्के’बर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, कटैया–कुशाहा एवं रक्सौल–परवानीपुर र गल्छी-केरुङ अन्त’रदेशीय प्रशारण लाइनले गति लिएको छ।

कुलमानकै पालामा प्राधि’करणले वित्ती’य सुधारत\र्फ पनि गतिलो फड्को मार्न सफल भयो। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खु’द नोक्सा’नीमा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ खु’द ना’फा कमाउन सफल भयो। ४ वर्षअघिसम्म प्राधिकरणको ३४ अर्ब बराबरको स’ञ्चित नो’क्सानी यसवर्ष ५ अर्ब रुपैयाँ बराबर स’ञ्चित ना’फा रहेको अवस्थामा छ। लोड’सेडिङ अन्त्य भएपछि प्राधि’करणले सरकारलाई बुझाउने राजस्व पनि बढ्यो। विद्युत महसुलबाट उठ्ने राजस्व मात्र होइन, प्राधि’करणले अरु खालका राज’स्व र प्राधिकरणको विभिन्न कोषलाई पनि कुलमानको ने’तृत्वले सही व्यवस्थापन ग¥र्‍यो।

प्राधिकरणको स’ञ्चालन खर्च, मर्म’तसम्भार ख’र्च, कर्मचारी ख’र्चलगायतका विषयमा हुने खर्च कटौतीमा कुलमानले विशेष ध्यान दिए। लोड’सेडिङ अ’न्त्य गर्नका लागि विद्युत चुहावट घटाउनु सबैभन्दा चुनौ’तीपूर्ण थियो। यो चु’नौती पार गर्नमा पनि उनको सफलता देखियो। प्रविधिको प्रयोग र अरु प्राविधिक पक्षहरुमा पनि अहिले प्राधि’करण अब्बल बनेको छ। धमाधम थ्री फेज स्मार्ट मिटर जडानको काम भइरहेको छ। कुन मिटर कति क्षमतामा चलिरहेको छ? त्यसको बिल कति आइरहेको छ? अथवा मिटरमा केही तलमाथि पार्न खोजिँदैछ कि? भनेर के’न्द्रीय स’र्भरबाटै हेर्न सक्ने अवस्था बनिसकेको छ।

अहिले ९० प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छन्। घिसिङ कार्यकारी नियुक्त हुँदा यो दर ६६ प्रतिशत थियो। तर विद्युत खपत विस्तार भने अहिले पनि उत्तिकै चुनौ’तीपूर्ण छ। पछिल्लो समय उत्पादनमा भन्दा विद्युतको बजार खोज्न बढी ध्यान दिनुपर्ने कुरालाई घिसिङले नज’रअन्दाज गर्न सकेनन् वा सफलता हासिल गर्न सकेनन्। निजी क्षेत्रका जलवि’द्युत प्रव’र्द्धकहरू अहिले आफ्ना आयोजनाबाट उत्पादित विद्युतले बजार पाउँदैनन कि भनेर चि’न्तित छन्। नेपाल लाइभ

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।