विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नै नियुक्त हुने…हेर्नुहोस् ।

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नै नियुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक स’ञ्जाल ट्वि’टरमार्फत प्रवक्ता श्रेष्ठले यस्तो विश्वास व्यक्त गरेका हुन् ।उनले भनेका छन्,‘बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट प’दावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योग’दान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।

नेपाल आमाका सुयोग्य सु’पुत्र घिसिङ्को योग’दान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।’घिसिङको कार्यकालको हिजोबाट सकिएको छ । उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।