मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप…हेर्नुहोस् ।

जोमसोम : मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी को’रोना कहरकै बीचमा आलु ख’रिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बि’क्री भएको थियो।

यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अ’जित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ।

आलुले अप्र’त्याशित भाउ पाएपछि उनी उत्सा’हित बनेका छन्। जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ। था’साङ–१ टु’कुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उ’त्पादन गरेको उनले सुनाए।

कोरो’ना क’हर भए पनि मुस्ताङको आलु ख’रिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ। मुलुक संघीयतामा जानुअघि कृ’षिउपजको तथ्यां’क साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन।

यो समाचार आजको अन्न’पूर्ण पो’स्ट् दैनिकमा सुन्दरकुमार थकालीले लेखेका छन् ।मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्र’सिद्ध छ। तर, त्यहाँ पुग्न का’लीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा सम’स्या हुँदै आएको छ। ढु’वानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले स’डक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।