युरोपमा अब लकडाउन आवश्यक छैन : (WHO)

काठमाण्डाै : बेलायतले को’रोना भाइर’स विरु’द्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यो वर्षको अन्तिमसम्ममा खो’प लगाउन सुरु गर्ने जनाएको हो ।

यस्तै विश्व स्वास्थ्य संगठनले को’रोना महामा’रीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्नेमा जोड दिएको छ । संगठनका युरोप निर्देशकले खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर को’रोनासँग लड्नु पर्ने र

आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लक-डाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको छ । उहाँले युरोपमा कोरो’ना भाइर’सको सङ्क्र’मण भए पनि राष्ट्रियस्तरमा अब लक-डाउन लगाउन नहुने बताउनु भएको छ ।

उहाँले आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लक’डाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।