लक-डाउनको असर : नास्पाती बोटमै कुहिँदै, किसान मारमा…हेर्नुहोस् ।

काठमाडौँ : को’रोना भाइ’रस (को’भिड—१९) ले विश्वभरी नै ठूलो ज’नधनको क्ष’ति गरेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको को’भिड—१९ बाट विश्वभरी करोडौँ जनता प्र’भावित भएका छन । नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ ।

हजारौँको संख्यामा संक्रमित छन भने, २ सय भन्दा बढीको मृ’त्यु भइसकेको छ । यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफुल बजार अ’भावमा कु’हिएर जाने अवस्थामा रहेको छ ।

नि’षेधाज्ञाका कारण विक्रि नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्या’किएको भदौ १३ गते मात्रै हो । संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ के’न्द्रीत हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कु’हिएर जाने घ’टना घ’ट्नु नौलो कुरा होइन ।

सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा किसानहरु पी’डित त बनेका छन नै जी’विकोपार्जनका आधार नै खो’सिएको महसुस पनि गर्न थालेका छन् । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारिमै कु’हिने अवस्थामा पुगेको छ ।

नास्पाती फल्ने मूख्य सिजन, नास्पाती विक्रिबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई को’रोनाको भन्दा को’रोनाका कारण आफ्नो उत्पादन बोटमै कु’हिने चि’न्ताले पि’रोलेको छ । विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष को’रोना र कोरोना नियन्त्र’णका लागि सरकारले जा’री गरेको नि’षेधाज्ञाका कारण आएका छैनन् ।

दक्षिणकाली नगरपालिका ८ छइमलेका तेजबहादुर लामालाई नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कु’हिएर खेर जाने पो हो की भन्ने चि’न्ता पलाएको छ । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती वि’क्रि गरेका उनको खेतबारीमा ३४ बोट नास्पाती छन ।

यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि विक्रि नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई स’मस्या परेको छ ।विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नास्पाती वि’क्रि गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा स’मस्या हुँदा स’मस्यामा परेका हुन ।

जीविका चलाउने आधार नै नास्पाती भएपनि विक्रि नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नि भन्छन अर्का किसान पूर्ण बहादुर तामाङ ।विश्वव्यामी म’हामा’रीका रुपमा फैलिएको कोरो’ना नि’यन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वा’स्थ्यसंस्था हरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो ।

तर महामा’री नियन्त्र’णका क्रममा हुने नि’षेधाज्ञा तथा लक डाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफुल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।