मेरो नाममा ‘फेक अकाउन्ट’ खोलेर ग’लत प्रचार गरियो : कुलमान घिसिङ

काठमाडौ : नेपाल विद्युत प्राधि’करणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विषयमा सामाजिक सञ्जालमार्फत ग’लत कुरा सूचना प्र’वाह भएको बताएका छन् ।

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्टाटस लेख्दै उनले आफ्नो नाममा सामाजिक सञ्जालको फेक अकाउन्ट खोलेर आफ्नाबारे ग’लत हल्ला फैलाइएको जान’कारी दिएका हुन् ।

मंगलबार साँझ घिसिङका नाममा खोलिएका फे’क ट्विटर अकाउन्टबाट उनलाई फेरि अर्काे कार्यकालका लागि पनि सरकारले नियुक्ति दिएको भन्ने समाचार भाइरल पारिएको थियो ।

यसैलाई आधार बनाएर कतिपय राष्ट्रिय सञ्चारमाध्यमले समेत उनको पुनर्बहाली भएको समाचार बनाएका थिए।

सोही कुरालाई संकेत गर्दै निर्देशक घिसिङले फेसबुकमार्फत आफ्नो यो अकाउन्टबाहेक अर्काे आधिकारिक अकाउन्ट नभएको र हल्ला गलत भएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरू स’म्प्रेषण भएकाले मेरो योबहेक कुनै अरू आधिकारिक अकाउन्ट नभएको जान’कारी गराउँदछु ।’

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।