कुलमान नै किन चाहन्छन् आम मानिस ?,,, आफ्नो बिचार राख्दै सेयर गर्नुहोस।

काठमाडौ : आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ । मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो ।

मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस । यद्यपि, यस विषयमा उर्जामन्त्रीले स्पष्ट पारिसकेका छन् । मन्त्रिपरिषदको बैठकमा यस्तो कुनै प्रस्ताव लगिएको थिएन । खैर जेहोस तर उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाइ दिन गरिएको हतारो ।

सामाजिक सञ्जालमा देखिएको कुलमानप्रतिको आशक्ति
कलाकार सिताराम कट्टेल(धुर्मुस)ले पनि सामाजिक सञ्जालमा मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भन्दै बधाइ दिन भ्याए । यता डा.राम उप्रेतीले पनि राम्रो काम गर्दा जनताले माया गर्छन् भन्दै घिसिङलाई बधाई दिए । सामाजिक सञ्जालमै प्रकाश बस्नेतले पनि कुलमानलाई अल्छी भन्दै ४ बर्षमा एक दिन पनि बत्ति काट्न जागर नगरेको भनेर लेखे ।

फेरि पनि यस्तै अल्छी गर्नु भन्दै उनले बधाई दिए । यी त सामाजिक सञ्जालका प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपयले गलत समाचार नै भएपनि सबैले बधाइ दिएपछि सरकारलाई एक प्रकारको दबाब महसुस हुने विश्लेषण गर्न थालेका छन् । केही व्यक्तिले त फोटोको फ्रेम नै बनाएर कुलमानको फोटो सहित तिमी छौ र त देश उज्यालो छ भन्दै प्रोफाइल बनाइरहेका छन् । कुलमान प्रतिको आममानिसको आशक्त सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ
कुलमान कसरी आम मानिसको मन मतिष्कमा बस्न सफल भए ? चर्चा यसैबाट गरौं

अबको १९ दिनपछि (भाद्र २९) घिसिङको कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा अधिकांश उनको पुरागमन हुनुपर्ने माग गर्छन् । तर केही जमात उनी आफै लोकप्रिय भएकाले उनले अन्य क्षेत्रमा पनि उत्तिकै अवसर पाउनेछन् । यसैमा मरिमेट्नु पर्ने कारण नरहेको बताउँछन् । तर लोडसेडिङको प्रत्यक्ष मार खेपेका आम मानिस त्यही लोडसेडिङदेखि त्रसित छन् ‘कतै कुलमान बाहिरिएपछि पुरानै प्रवृत्ति दोहोरिएर फेरि सास्ती पाउनुपर्ने त होइन ?’
कुनै सयम यस्तो पनि थियो हरेक दिन लोडसेडिङको तालिका सार्वजनिक हुन्थ्यो, त्यो पनि १८÷१८ घण्टा । साँझ पर्यो कि सर्वसाधारण वैकल्पिक उज्यालोको जोहो गर्न हतारिन्थे । लोडसेडिङकै कारण विद्यार्थीले रातको समयमा पढ्न पाउँदैनथे भने उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न पाउँदैनथे ।

जतिबेला बत्ति आउनेभन्दा जाने समय धेरै थियो अर्थात लोडसेडिङले अन्धकार बनेको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई कुलमानको आगमनपछि लोडसेडिङ हुने समस्याबाट मुक्ति मिलेको छ । अध्याँरो नेपाललाई उज्यालो छरेर हरेक दिन लोडसेडिङको तालिका हेर्न पर्ने अवस्थाबाट आम सर्वसाधारणले मुक्ति पाए । घिसिङको फेक टिव्टर अकाउन्टमा मंगलबार पुनःनियुक्तिको विषय आएपछि समाचार भाइरल बनेको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।