जुम्लामा चट्याङ लागेर ५०० भेँडा म’रे…हेर्नुहोस् ।

जुम्ला, ९ भदाै । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा च’ट्याङमा परेर करिब ५ सय भेँडा म’रेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न च’ट्याङ परेपछि स्थानीयवासी विष्णु

बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा म’रेका हुन् ।
पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घट’नास्थलतर्फ किसानहरू गइरहेका छन् । क्ष’तिको यकिन विवरण भने केही समयमा आउने छ ।

चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुर्ख्याैली पेशामाथि नै बज्रपात परेको प्रमुख प्रशासकीय अधि’कृत टेकबहादुर बुढथापाले बताउनुभयो । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रो’त भनेकै भेंडापालन हो ।

बुढथापाले भन्नुभयो, “सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेँडा पालेरै जीविकोपा’र्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मु’श्किल पर्ने अवस्था आएको छ ।” जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा म’रेका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।