प्रजिअ ज्यु जनताले मास्क नलगाउदा जरिवाना तिर्नुपर्ने, तपाईंले नि ? पूरा पढ्नुहोस् ।

वीरगञ्ज : बारामा मास्क नलगाउने सर्वसाधारणलाई कार’बाही गरिरहेका प्रशासन प्रमुख स्वयम्ले मास्क नलगाउँदा कार’वाही हुन्छ कि हुँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा आलोच’नात्मक विश्लेषण सुरु भएको छ ।

बाराका सिमावर्ती क्षेत्रहरुमा तस्करी मौलाएको खबर सुनेपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा अनुगमन भएको थियो ।अनुगमनका क्रममा खिचिएका तस्बिर सार्वजनिक भएपछि हाल प्रजिअको आ’…लोचना सुरु भएको हो ।

सार्वजनिक भएको तस्बिरमा प्रजिअ पण्डितले निधारमा मास्क लगाएको देखिएको छ । मुख र नाक छोप्ने गरि मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको मा’पदण्ड भएपनि प्रजिअले माप’दण्डलाई वास्ता गरेका छैनन् ।अझ, उनले आफैले तर्जुमा गरेको नियमको समेत उल्लंघन गरेका छन् ।

बारा पर्साका सामाजिक सञ्जाल प्रयो’गकर्ताहरुले हाल प्रजिअको मास्क बिनाको फोटो पो’ष्ट्याउँदै कारवाहीको माग गरिरहेका छन् ।सामाजिक सञ्जालका एक प्रयाे’गकर्ता लेख्छन् “जनताले मास्क नलगाए जबर्जस्ति १०० रुपैया तिराउने हाम्रो प्रजिअ रुद्र प्रसाद पण्डित ज्यु निधारमा मास्क लगाउदा कति तिर्नुपर्ने उचित होला?”

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।