एम्बुलेन्सको भाडा २ हजार तिर्न नसक्दा ३२ वर्षीया महिलाको मृ’त्यु…हेर्नुहोस् ।

बर्दिया : अत्यधिक र’क्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृ’त्यु भएको छ । जिल्ला अस्पतालमा उप’चार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स ख’र्च बेहोरेर नेपालगन्ज लैजान नसक्दा बुधबार ज्या’न गएको हो ।

गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषे’धाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । यहाँबाट नेपालगन्ज बिरामी पु¥र्‍याएबापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आ’ग्रह गरे पनि रकम नभएको बुझेपछि पु¥र्‍याउन नमानेको परिवारका सदस्यले बताए ।

त्यसपछि उनी अटो रिक्सामा घर फर्किएकी थिइन् । एक साताअघि पालको ६ महिनाको ग’र्भ खे’र गएको थियो । त्यसपछि र’गत बग्न था’मिएको थिएन । तीन दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको श्रीमान् मैंकुले बताए । उनले मज’दुरी गरेर गुजारा गर्दै आएका थिए । ल’कडाउन भएपछि काम पाएका थिएनन् ।

आफ्नै घर नभएकाले भाडामा बस्दै आएका छन् । ‘उनीहरू हाम्रै टोलमा भाडामा बस्छन्,’ स्थानीय अजितकुमार श्रीवास्तवले भने, ‘महिलाको अवस्था देखेपछि उ’पचारका लागि गाउँलेले ५ हजार रुपैयाँ संकलन गरेका थियौं ।’ तर, स्थानीयले सहयोग जुटाएकै दिन पालको मृ’त्यु भएको उनले बताए ।

परिवारले अस्पतालमा र’गत परी’क्षण गरेको दुई सय र औ’षधि खरिदबापतको १ हजार ९ सय ७० रुपैयाँ पनि तिर्न सकेका थिएनन् । रेफर गर्ने बेलामा चिकित्सकले उक्त खर्च निःशुल्क लेखिदिएको मैंकुले बताए । ‘एम्बुलेन्स चालकले सित्तैमा लानुपर्ने भएपछि कोरोना लागेकालाई बोक्दिनँ भने,’ बिहीबार मैंकुले कान्तिपुरसित भने, ‘त्यसपछि घर ल्याएँ ।’ याे खबर कान्तिपुर दैनिकमा छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।