विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ भन्नू हुन्छ: उर्जामन्त्री पुन…हेर्नुहोस।

काठमाडौ : जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले वि,द्युतीय सवारीमा लगाइएको करका दर पुनरावलोकन हुने बताएका छन्।

नेपाल विद्युत प्रा,धिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै पुनले वि,द्युतीय सवारीमा लगाइएको नयाँ करका दर हेरफेर हुने बताएका हुन्।

सरकारले चालु वर्षको आर्थिक ऐनबाट विद्युतीय सवारीमा भन्सार दस्तुर १० बाट ४० र पहिलोपटक अन्तशुल्क ८० प्रतिशतसम्म पुर्‍¥याएको थियो।

‘विद्युतीय साधनलाई कर बढी भएको बारेमा अर्थमन्त्री ज्यूलाई पनि अनुभव भएको छ। यसबारेमा छिट्टै पुनरावलोकन हुन्छ’ उनले भने।

सरकारले कर बढाएपछि नेपालमा कुनै पनि वि,द्युतीय सवारी भित्रिन सकेका छैनन्। आइसकेका सवारी पनि भन्सारमै रोकिएर रहेका छन्।

आगामी वर्षदेखि नेपालमा उत्पादन हुने बिजुली ख,पत भएर बचत हुने उनको भनाइ छ। बिजुलीको ख,पत बढाउने र नयाँ बजार पनि खोजी गरिने उनले जानकारी दिए।

सरकारले ख,पत बढाउनका लागि वि,द्युतीय सामग्री प्रयोग गर्न उत्प्रेरित गर्ने उनले जानकारी दिए।

यही नीति अन्तर्रगत सरकारले अन्य घरयासी सामग्रीदेखि सवारी साधनसम्म प्रबर्द्धन गरी सडकदेखि भान्सासम्म खनिज इन्धन विस्थापित गर्नेतिर जाने उनको भनाइ छ।स्रोत सेतोपाटि

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।