नेपाल–भारत निगरानी संयन्त्रको बैठक सम्पन्न, सम्बन्ध सुधारतर्फको पहल…हेर्नुहोस।

काठमाडौंमा भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेका थिए।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच संवादहिनताको स्थिति थियो।

लामो समयपछि भएको यो बैठकलाई सम्बन्ध सुधारको पहलका रुपमा पनि हेरिएको छ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर शुभकामना दिएका थिए।

दुवै देशका प्रधानमन्त्रीहरुबीच भएको टेलिफोन वार्ताको दुईदिनपछि दुईदेशका अधिकारीहरु सम्मलित संयन्त्रको बैठक भएको हो।

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा द्विपक्षीय सहयोगमा आयोजनाहरूको कार्यान्वयनको गहन समीक्षा गरिएको उल्लेख छ।

‘नेपाल–भारत द्विपक्षीय सहयोग अन्तर्गत तराई सडक, सी,मापार रेलमार्ग, अरुण तेस्रो जलवि,द्युत परियोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भू,कम्प पश्चात नेपाल–भारत द्विपक्षीय सहयोग अन्तर्गत चलिरहेका आयोजनाहरूको कार्यान्वयनको स्थितिबारे छलफल भएको छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सिंचाई, वि,द्युत र प्र,सारण लाइन, नेपाल पुलिस एकेडेमीको नि,र्माण, ए,कीकृत चेक पोस्ट, रामायण सर्किट, एचआईसीडीपीहरू, महाकाली नदीमा मोटेबल पुल, कृषि र सांस्कृतिक सम्पदा लगायतका आयोजनाहरुका बारेमा पनि छलफल भएको छ।

दुबै पक्षले द्विपक्षीय परियोजनाहरूको छिटो कार्यान्वयनको आवश्यकतालाई जोड दिएका छन्। कार्यान्वयनको क्रममा स,मस्या र अ,वरोधहरूलाई समयमै सम्बोधन गर्न आवश्यक कदम चाल्न दुवै पक्षबीच सहमति भएको छ।

द्विपक्षीय आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न नेपाल– भारत निरीक्षण संयन्त्र स्थापना भएको थियो

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed