कतारको बहुप्रतिष्ठित कम्पनीद्वारा चार नेपाली कामदारलाई किन दियो २० लाख इनाम…हेर्नुहोस् ।

दोहा : कतारको बहुप्र’तिष्ठित एवं आइओएस प्रमा’णित कम्पनी नासर अल अली एन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारीलाई पुर’स्कृत गरेको छ । पुर’स्कृत नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहर रहेका छन् ।

कम्पनीले उनीहरुलाई १० वर्ष लामो से’वा गरेकोमा जनही १५ हजार कतारी रियाल (करिब पाँच लाख रुपैयाँ) प्रदा’न गरी सम्मानित गरेरो हो । नासर अली अल अली, कम्पनीका मालिक नासर अली अल अलीले एक कार्य’क्रमकाबीच ती क’र्मचारीहरुलाई नगद इनाम हस्ता’न्तरण गरे ।

नेपाली कर्मचारीहरुलाई पुर’स्कार बितरण गर्दै कम्पनीका मालिक अलीले १० बर्षको से’वामा वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा यो’गदान पु¥याउने कामदारलाइ पुरस्कृत गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारसँग सम्बन्धित छन ।

उनीहरु सन् २००९ मा नासर अल अली एन्टर’प्राइजेज कम्पनीमा नि’र्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष काम’दारका रुपमा कम्पनीमा का’र्यरत रहेका छन् । अबिर बहादुर राई नासर अल अलीको क’म्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी मह’सुस गरेको अबिर राईले बकाए ।

‘म भाग्यशाली छु, सीप र आम्दानी जत्तिकै मह’त्त्वपूर्ण मेरो लागि यो कम्पनी पनि छ,’ अबीरले भने । यस्तै छिरिंग राईपनि नासर अल अलीको सराहना गर्छन र राम्रो रोज’गारदाताको रूपमा स्वागत गर्दछन् । पञ्च राईले आफुले पु’रस्कारस्वरुप पाएको पैसा आफ्नो बच्चा’हरूको शिक्षाको लागि प्रयोग गर्ने बताए ।

अर्को कर्मचारी दशरथ मुसहरले आफ्नो रोज’गारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रो’तका रूपमा राखेका छन्। सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए । उनी भन्छन्, ‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा बसि’रहुँ जस्तो लाग्छ र १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ ।

एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो कम्पनीको सफलताको हाम्रो सफलताको श्रेणी हो । म यहाँ काम गर्न पाउँदा खुसी छु ।’ उनले यो कम्पनीमा काम गरेर आय र दक्षता चीज प्राप्त गरेको बताए ।

त्यसैगरी नासर अल अली एन्टर’प्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायत विभिन्न राष्ट्रि’यताका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा आफ्नो कार्यस्थलमा उत्कृष्ट प्रदर्शनका लागि प्रत्येकलाई एक हजार कतारी रियालसहित पुर’स्कृत ग¥यो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।