नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ…हेर्नुहोस् ।

काठमाडौंँ : यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षे’त्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुल’ना गर्दा ३.२४ प्रति’शत अर्थात् ५१ हजार ७३८ हे’क्टर बढीमा धान रोपाइँ भइसकेको छ ।

समयमै पानी परेका कारण मौ’समको अनुकू’लता र कोरो’ना भाइरस (को’भिड–१९)ले मानिसहरू ग्रा’मीण क्षेत्रमा के’न्द्रित भएका कारण धान रोपाइँमा सका’रात्मक प्र’भाव परेको हो । कृषि तथा प’शुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भन्नुभयो, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ ।

समयमै पानी परेको तथा प¥र्याप्त जनश’क्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।”मन्त्रालयका अनुुसार नेपालको मुख्य खा’द्यान्न बाली धान खेतीको कुल क्षे’त्रफल १३ लाख ७१ हजार ७०६ हे’क्टर क्षेत्र’फल रहेको छ ।

त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हे’क्टर क्षे’त्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा को’रोना भा’इरस (को’भिड–१९)ले निम्त्या’एको बन्दा’बन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।