यी २ वि कल्प मात्रै बाँकी छन प्रचण्ड र माधव कुमार नेपाल समक्ष…हेर्नुहोस।

काठमाडौ : केपी शर्मा ओली नेतृत्वको सत्ता पल्टाउने उद्देश्य राखेर प्रचण्डद्वारा शुरु गरिएको खेल हा,र–जि,तबिना नै टुङ्गिने स्थितिमा पुगेको छ । प्रचण्ड–माधव पक्षसँग अब केवल दुई मात्र विकल्प बाँकी रहेको छ, पार्टी वि,भाजन गर्ने या केपीको शर्तमा केपीसँग सहमति गर्ने ! यसबाहेकका सबै विकल्पले अब काम नगर्ने निश्चित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहारलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अस,न्तुष्टि जारी गरेपछि प्रचण्डमा केपीलाई प्रधानमन्त्री पदबाट हटाउन सकिने विश्वास पलाएको थियो ।

माधवकुमार नेपाल धेरै अघिदेखि नै केपीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद छोड्नुपर्छ भन्ने पक्षमा थिए । माधवको यस्तो धारणामा वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको समेत सहमति रहने देखिएपछि प्रचण्ड ‘एमाले’ नेताहरूलाई नै अघि सारेर केपीलाई पदमुक्त गराउने योजनाका साथ अघि बढेका थिए ।सरकारबाट आफूलाई ह,टाउने सङ्गठित र योजनाव,द्ध प्रयास भएपछि प्रधानमन्त्री ओलीले पनि प्रतिरक्षाका अनेकौँ उपाय अपनाउँदै अ,न्त्यमा पार्टी महाधिवेशन र जनताको बहुदलीय जनवा,दको ‘पासा’ फ्याँकिदिएपछि माधव नेपाल सकसमा परेको र, माधव सकसमा पर्दा प्रचण्डको योजना नै स,ङ्कटमा परेको छ ।

एमालेको इतिहासप्रति गौरव गर्नेहरूलाई केपीको पछिल्लो प्रस्तावले आ,कर्षित गरेको छ र, पार्टीभित्रका एमाले पक्षधरहरूलाई एक ठाउँमा उभिनुपर्ने स्थिति बनाइदिएको छ । एकपटक पार्टी फुटाउँदा सास्ती भोगेका बामदेव गौतम बलज,फ्ती गर्दा पार्टी वि,भाजन हुने ठानेर पछि हटेका छन् र, गौतम पछिहट्दा केपी पक्षको आत्मविश्वास बढ्न पुगेको छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठले विधि र पार्टी पद्धति अनुरूप चल्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका भए पनि उनले अहिलेसम्म केपीको रा,जीनामा मागेका छैनन् ।

त्यसैले नेता श्रेष्ठको भूमिका पनि प्रचण्डको योजनाबमो,जिम नभई स्वतन्त्र र पार्टी वि,भाजनलाई रोक्नकै निमित्त हुने विश्वास गरिएको छ । केपी पक्षले अ,न्त्यमा झलनाथ खनालको समेत कुनै न कुनै प्र,कारले सहयोग रहने ठानेको छ ।को,रोनाको स,ङ्क्रमण बढ्दै गएका कारण विधिवत माग भएको भए पनि नेकपा केन्द्रीय समितिको बैठक बस्न सक्ने सम्भावना न्यून हुँदै गएको छ । कदाचित्त बैठक नै बस्ने भएछ भने पनि त्यहाँ केपीको रा,जीनामाको ए,जेण्डाले प्रवेश नपाउने निश्चित छ । केन्द्रिय समितिमा प्रस्तुत हुने ए,जेण्डा सचिवालयले तय गर्नुपर्ने हुन्छ, तर सचिवालयबाट रा,जीनामाको ए,जेण्डा तय भएर केन्द्रिय समितिको बैठकसम्म पुग्ने सम्भावना तत्काल देखिँदैन ।

गत असार १० गते शुरु भएर अ,लपत्र अवस्थामा रहेको स्थायी समितिको बैठकबाट पनि कुनै ठोस नि,र्णय हुन सक्ने स्थिति रहेन ।प्रचण्ड पक्षकै भनिने करिव पौने एक दर्जन सदस्यहरूले प्रचण्डको साथ छोडिदिएपछि स्थायी समितिमा समेत केपी पहिलेको भन्दा ब,लवान हुन पुगेका छन् । पार्टीको संसदीय दलमा बहुमत पुग्न कुल ११३ सदस्य–सङ्ख्या हुनुपर्ने हुन्छ । अहिले केपीको पक्षमा ११७ देखि १२७ सम्म सांसदहरू रहने देखिएको छ ।

यद्यपि केपी पक्षमा रहेको ठानिएका केही सांसदहरूले मतदान हुने भएमा प्रचण्डलाई साथ दिने विश्वास दिलाएको बताइन्छ । परिस्थिति हेरेर मतदान गर्ने सांसदहरूले अन्तिम अवस्थामा कसको साथ दिन्छन् भन्ने यकीन नभएकोले पनि प्रचण्ड पक्ष वि,श्वस्त हुने स्थिति छैन ।पटक–पटक प्रधानमन्त्री निवास बालुवाटार धाएर सधैं एउटै कुरा गरिरहेपछि केपीले प्रचण्डलाई सरकार या पार्टीको ने,तृत्व बदल्ने कुरा लिएर बालुवाटार नआउन सुझावात्मक नि,र्देशन दिएका छन् । यसरी केपीले दिएको ‘सुझाव’लाई प्रचण्डले आफ्नो अपमानको रूपमा बुझेको बताइन्छ ।

प्रचण्ड र प्रधानमन्त्री केपीबीच सहमति बन्ने नदेखिएपछि पार्टीको युवा पुस्ताका नेताहरू पार्टी वि,भाजन हुन नदिन सक्रिय भएका छन् । यो सक्रियताले पनि अन्ततः केपीलाई नै रा,जनीतिक लाभ पुऱ्याउने देखिन्छ । त्यसैले प्रचण्डका अगाडि केवल दुई वटा मात्र विकल्प खडा भएका छन् ।पार्टीको वि,भाजन या केपीको शर्त मानेर केपीसँग सहमति गर्नुबाहेकको विकल्प भनेको वि,वाद, मनमु,टाव र झमेला यथास्थितिमा राख्नु हो, जुन अब लामो समयसम्म रहन सम्भव मानिएको छैन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।