हुने भयो भारत र नेपालको सिमा वार्ता ,तोकियो वार्ता हुने मिति …हेर्नुहोस।

काठमाडौ : नेपाल र भारतबीच जारी सी,मा वि,वाद स,माधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको वार्ता नेपालको राजधानी काठमाडौंमा भदौ १ गते हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नेपाल-भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास बै,रागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत वि,नय मोहन क्वात्रा सहभागी हुनेछन् ।

दुई देशका परराष्ट्र मन्त्रालय स्तरीय वार्तामा आर्थिक तथा विकासको ए,जेण्डालाई समावेश गरिँदै आइएको छ । तर यस पटकको मुख्य ए,जेण्डा भने सी,मा वि,वाद रहेको छ । नियमित ए,जेण्डामा छलफल गर्नेगरी सन् २०१६ देखि यस्तो वार्ता हुँदै आएको थियो ।नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर, परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय रा,जदूतको अनौ,पचारिक छलफल भए अनुसार भदौ १ गते वार्ता हुन थालेको हो ।


भारतीय सञ्चारमाध्यमले पनि नेपाल र भारतबीच भदौ १ गते वार्ता हुने दा,वी गरेर समाचार सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादही,नताको अवस्था थियो । भारतले अ,तिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको नक्सा सार्वजनिक भएपछि भारत अस,न्तुष्ट छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।