सशस्त्र प्रहरीसंगै नेपाली सेनाले सीमामा सक्रियता बढाए पछि भारत तरंगित…हेर्नुहोस।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर हुँदै चीनको तिब्बत जोड्ने गरी निर्माणाधीन महाकाली करिडोरअन्तर्गत निर्माण भइरहेको दार्चुला तिंकर सडक निर्माणको लागि नेपाली सेना दार्चुला आउन शुरु गरेको छ । ‘सरकारले गत वैशाख १४ गतेको निर्णय अनुसार दार्चुला तिंकर सडकखण्डको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने नि,र्णयगरेसँगै सेना दार्चुला आउन शुरु गरेको हो ।नेपाली सेनाका ईन्जिनियर एवं महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जनाको टोली नि,र्माण सामग्रीसहित दार्चुला आइपुगेको छ । अझै नि,र्माण सामग्री र थप जनशक्ति आउने क्रममै रहेको दुर्गादल गुल्मका गुल्मपति बिक्रमदेव थापाले जानकारी दिनुभयो’ ।

सेनालाई निर्माणको जिम्मेवारी प्राप्त कुल ८७ किलोमिटर क्षेत्रको स्थलगत नि,रीक्षण तथा क्याम्प राख्ने स्थलको नि,रीक्षणपछि सदरमुकाम खलंगाबाट सेनाको टोली कार्यस्थलतर्फ जाने तयारी छ । इन्जिनियर गुरुङ नेतृत्वले सेनाको क्याम्प बस्ने ठाउँ र भूगोलको वि,स्तृत रिपोर्ट पेश गरेपछि सेना निर्माण कार्यमा खटिने गुल्मपति थापाको भनाई छ । अहिले पनि नेपाली सेनाको एक टुकडी व्यास गाउँपालिका २ को घाटिबगर क्षेत्रमै घोरेटोबाटोको ट्याक खुलाउने काममा लागेको छ । त्योबाहेक थप ठाउँमा सडक निर्माणमा खटिने सेनाको टोली राख्नको लागि अध्ययन शुरु गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले जतिसक्दो प्राथमिकता दिएर यो सडक निर्माण गर्ने संकेत गरेको छ’ ।

भारतले धार्चुला हुँदै नेपाली भूगोल लिपुलेक भएर चीनको ताक्लोकाट जोड्ने गरी सडक निर्माण गरिसकेको छ । भारतले यो सडक उद्घाटन गरेपछि नेपालले औपचारिक रुपमा विरोध जनाउँदै आफ्नो भूगोल समेटेर नयाँ नक्सा जारी गरेको हो ।नेपाल सरकारले अहिले आएर सडक निर्माणमा तिव्रता दिन नेपाली सेना परिचालन गर्न लागेको हो । यो सडक आर्थिक वर्ष ०६५।०६६ बाटै निर्माण शुरु गरेको भएपनि काम सुस्त गतिमा निर्माणाधीन छ । निर्माण शुरु भएको १२ वर्ष हुँदा पनि यसअघि दार्चुला तिंकर सडक योजनाले ४० किलोमिटर सडकको मात्रै ट्याक खुलाएको छ । सदरमुकाम खलंगादेखि व्यास गाउँपालिका केन्द्र सुनसेरासम्म अस्थायी ट्याक खुलाएको छ’।

र,णनीतिक महत्व बोकेको सडक निर्माण ढिलाई हुने भन्दै दार्चुलाका जनप्रतिनिधिले द,बाब दिएपछि मन्त्रिपरिषद बैठकले नेपाली सेनामार्फत दार्चुला तिंकर सडक निर्माण कार्य गराउने निर्णय गराएको हो । यो सडक निर्माण गराउन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापाले व्यासको क्षेत्रको निरीक्षण गर्नुभएको छ । नेपालले भारतले अतिक्रमण गरेको क्षेत्र कालापानी, लिपुलेक, लिम्पियाधुरासमेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

नक्सा जारि गरेसकेपछि भूगोलअनुसार नेपालका तीन वटा गाउँ नावी, गुञ्जी र कुटी अहिले पनि भारतमा छन् भने नेपालतर्फ व्यास गाउँपालिका १ को छांगरु र तिंकर मात्रै छ । अहिले नेपालको छांगरु तिंकरसम्म पुग्न नेपालतिर बाटो छैन् । नेपालतिर बाटो नहुँदा विगतमा भारतीय भूमि हुँदै यहाँका स्थानीय गाउँ जाने गर्थे । तर बन्दाबन्दी र नक्सा सार्वजनिक भएपछि नेपाल भारतबीच मनमुटाव बढेको छ । अहिले व्यासीहरुले सदरमुकाम खलंगाबाट छांगरु तिंकर गाउँ जान सकेका छैनन् भने छांगरु तिंकरबाट खलंगा आउन सकेको छैनन्’।

व्यास जाने तम्बाकु र घाटिबगरमा बाटो नहुँदा यहाँको आवत जावत बन्द छ । अहिले घाटिबरमा भत्किएको ४५० मिटर घोरेटोबाटोको ट्याक खुलाएर स्थानीयलाई आवत जावत गराउने गरी सेनाले काम गरिरहेको छ । गत जेठ ९ गतेबाट सेनाले घोरेटोबाटोको ट्याक खुलाउन लागि परेको छ । अहिलेसम्म आधा काम सकेको नेपाली सेनाले जनाएको छ’ ।

नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको काम गर्न दार्चुला पुगेसँगै स्थानीय पनि खुसी भएका छन् । विगतमा निर्माण व्यवसायीमार्फत हुन नसकेको काम सेनालाई दिएपछि चाडो व्यासको छांगरु तिंकरसम्म सडक पुग्ने आशामा स्थानीय छन् ‘। यो सडक खण्ड निर्माण गर्न सके, धार्मिक, पर्यटन, व्यापारीक, रणनीतिक, तथा ऐतिहासिक महत्वको हुने छ । व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी भएको छ । भने यहि क्षेत्रमा नेपाली सेना राख्न समेत गृहकार्य अघि बढेको छ । यो क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ ।साभार :सारथी खबर, दार्चुला ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।