प्रचण्ड भन्नुहुन्छ : म पदका लागि होइन, राष्ट्र र जनताको सेवा गर्न चाहान्छु…पूरा पढी आफ्नो बिचार राख्नुहोला ।

काठमाडौ : प्रचण्ड भन्नू हुन्छ ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जि’म्मेवारीमा हामी छौं।’ पद दिएर कम्यु’निष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू ल’ड्दै आएको पनि प्रचण्डले बताए।

उनले कम्यु’निष्ट पार्टी विचार र पद्ध’तिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए। ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छि’याछिया हुन्छ भन्ने होइन,’उनले थपे, ‘हामी जालझेल र ढा’टछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ। बु’र्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’ उनले पार्टी एकता रक्षा गर्दै देखा परेका वि’वादहरू ठिक ढंगले फ’स्यौट हुनुपर्ने बताए।

विवाद बढ्दै गएपछि पार्टीमा यो विवाद मिलाउने जिम्मेवारी पाएका छन्, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले। तर, यी दुई अध्यक्षबीच नै संवादको वातावरण पनि बन्न सकेको छैन।

यो वि’वादको समाधानका लागि नेकपाका व’रिष्ठ नेता माधवकुमार नेपालको भू’मिका पनि उत्तिकै मह’त्वपूर्ण हुनेछ। अहिले प्रचण्ड पक्षसँग एक भएर उभिएका नेपालका पछिल्ला अभि’व्यक्तिलाई ख्याल गर्ने हो भने पनि अहिले नेकपाको शक्ति संघर्ष अझ अगाडि बढ्ने देख्न सकिन्छ।

शुक्रबार मात्रै अध्यक्ष ओलीका तर्फ’बाट नेकपा महासचिव विष्णु पौडेल, स्थायी क’मिटी सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका छन्। खुमलटार स्रोतका अनुसार त्यो भेटमा पार्टी एकतालाई कसरी जोगाउने र अहिलेको वि’वाद कसरी मिलाउने भन्ने विषयमा छलफल के’न्द्रित रह्यो। तर, यसबाट पनि यो विवा’दको जे’लिएको पोयो फुक्ने सम्भा’वना देखिएको छैन।

यही क्रममा नेकपा उपाध्यक्ष वामदेव गौतमको पछिल्लो ‘मुभ’का कारण प्रचण्ड–नेपाल पक्ष थप सं’शकित, स’तर्क र नयाँ रण’नीति निर्माणमा जुटेको छ। किनकि वामदेव गौतमले १३ साउनमा ६ बुँदे प्रस्ताव ल्याउँदै आफू ओली पक्षमा लागेको संकेत गरेका छन्। ओलीले वामदेव गौतमले प्रस्ता’व गरेका ६ बुँदालाई आफू अनु’कूल हुने भएपछि वामदेव निवासमै पुगेर ‘डिनर मिट’ समेत गर्दै आफ्नो प्र’भाव नेकपामा बढी रहेको सन्देश दिएका छन्।

स्थायी क’मिटी बैठकको सुरुवातमा चाहिँ वामदेव गौतमले पनि ओलीले दुवै पक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए। तर, अहिले उनी पनि ओली पक्षको ल’बिइङमा लागेको नेकपाका नेताहरुले बताउन थालेका छन्। नेकपा सचिवालयका अर्का नेता रामबहादुर थापा बादलको भू’मिका पनि पछिल्लो समय नेकपाको यो विवा’द समा’धानका लागि महत्वपूर्ण हुने देखिएको छ।

यसअघिका वि’वादमा ओली पक्षमा उभिएका गृहमन्त्रीसमेत रहेका थापा यसपटक कुन पक्षलाई सहयोग गर्दै छन् भन्ने खुलेर आएका छैनन्। केहीअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई सहयोग गर्ने ‘वचन’ दिएको बताइएको छ। तर, ओलीले एकल निर्णयले स्थगित गरेको र प्रचण्ड पक्षले अगाडि बढाएको स्थायी कमिटी बैठकमा बादल उपस्थित भएनन्।

यसले उनले यसपटक पनि ओलीलाई समर्थन गर्ने हुन् कि भन्ने आशंका जन्माएको छ। तर, उनले खुलेर यसबारे केही बोलेका छैनन्। तर, ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरु बादललाई आफ्नो क्याम्पमा ल्याउन लागिरहेका छन्। शी’र्ष तहमा मात्र होइन, दुई समूहको शक्ति संघर्षमा मध्यमार्गी नेताहरु तानातानमा परेको स्थायी कमिटीका एक नेताले फरकधा’रलाई बताए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।