भारतीय विदेश मन्त्रालयले भन्यो : बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन…हेर्नुहोस् ।

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक वि’ज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा ज’न्मिएकोमा कुनै शंका नरहेको प्र’ष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वि’ज्ञप्तिमा भनिएको- बुद्ध लुम्बिनीमा ज’न्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको वि’रोध गरेको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञ’प्ति जा’री गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको य’थेष्ट प्रमाण पनि भएको बताएको थियो ।

विदेश मन्त्री एस.जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयो’जित इन्डिया एट ७६ भ’र्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।

उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इं’गित गरेको प्र’ष्टीकरण पनि दिइएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।