चितवन मेडिकल कलेजमा ज’न्मियो ५ केजीको बच्चा…हेर्नुहोस् ।

चितवन : मकवानपुरकी एक महिलाले पाँच किलोग्रा’मको बच्चा ज’न्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उ’पचाररत मकवानपुरको चु’रीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रा’मकी छोरी ज’न्माएको अस्पतालले जनाएको छ ।

अस्पता’लका प्रमुख प्रशासकीय अधि’कृत प्रताप देवकोटाका अनुसार उच्च र’क्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्प’तालबाट उप’चारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी ज’न्माएकी हुन् ।

आमा ११२ किलो भएका कारणसमेत श’ल्यक्रि’यामा स’मस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।भरतपुर अस्प’तालका स्त्री रो’ग वि’शेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रा’मदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताउनुभयो ।

चार किलोभन्दा माथि तौल भएमा आमामा केही स’मस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा ब’न्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ता’म्राकार’सहितको टो’लीले श’ल्यक्रि’यामा’र्फत बच्चा नि’कालेको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।