आफ्नो तिज खर्चले खोटाङको पहिरो पि,डित लाई सहयोग गर्ने ईशा गुरुङ लाई हार्दिक नमन,,,सम्मान स्वरूप सक्दो सेयर गरौ।

हिन्दु नारिको महान चाड मानिने हरितालिका तिज नजिकिदै गर्दा वरिष्ठ समाजसेवी ईशा गुरुङले यो बर्षको फजुल तिज खर्च खोटाङको पहिरो पिडितलाई घर बनाउने अभियानमा सहयोग गरेकी छिन् ।

खोटाङ जिल्ला साकेला गाउपालिका-१ बाझे च्यानडाडाका मानबहादुर खत्रीको गत असार ३२ गते भीषण बर्षातको कारण घर भत्किए पछि घर बिहिन बन्नु भएको परिवारको लागि बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

सो रकम एकाउन्टमा जम्मा भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले बताउनु भयो ।आर्थिक स्थिति नाजुक, परिवारमा जेष्ठ श्रीमान श्रीमति मात्र भएको र छोराछोरी नभएकोले घर बनाउन उनिहरुमा समस्या भए पछि गाउले साथै अन्य शुभेच्छुक बाट आर्थिक रकम जुटाउन थालिएको छ ।

आर्थिक रकम जुटाएर बस्नको लागि आवश बनाईदिने पहल भइरहेको र हाल सम्म एक लाख पचास हजार जम्मा भएको बाकी जम्मा हुने क्रम जारी रहेको भट्टराईको भनाईरहेको छ । घर बनाउन आवाश्यक रकम यतिले नपुग्ने भए पछि सहयोग गरिदिन पिडित परिवार पक्षले गुहारिरहेको छन् ।

हाल यु.के मा बस्दै आउनु भएको समाजसेवी गुरुङले गत साल पनि तिजको अबसर पारेर अभियान द्वारा खोटाङको केपिलाशगढी गाउपालिका -४ खोटाङका अगेनामा परि हात र निधार जलेर घाइते भएका शिशु प्रबिन राईको लागि दुई लाख पचासी हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

यो बर्ष पनि तिजको अबसरमा कसैको मलम पट्टी बनिरहनु हुँदा धेरै अभियान्ता र पिडितलाई ठूलो राहत महसुस भएको छ ।
हरेक महिला आ आफ्नो तरिकाले तिज मनाउने गदर्छन् पछिल्लो समय हेर्ने हो भने तिजलाई निकै खर्चिलो र भड्किलो रुपमा लिएको हामिले समाजमा देख्न सकिन्छ ।

देशको विषम परिस्थिति सङ्ग रहिरहदा पनि धेरै जसो नारी पहिलाको जस्तो भिडभाड नगरी भए पनि यो पालिको तिज मनाएरै छोड्ने योजना बटुलिरहेका छन् ।

स्रोत:यो खबर खोटाङ पोष्ट डट्कम् बाट साभार गरिएको।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।