प्रधानमन्त्री केपि ओलिलाई दुवै पदबाट हटाउन नहुने : लेखराज भट्ट भन्नुहुन्छ!

उद्योग, वाणिज्य तथा आर्पुर्तिमन्त्री तथा नेकपाका नेता लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ह,टाउन नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो ।

अहिले प्रधानमन्त्री ओलीको वि,कल्प म देख्दिन ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले ओली ने,तृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर इतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए ।

उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादवि,वाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए ।आफ्नो पार्टीका नेताहरूको संस्कार नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिले पनि स,हमति हुने उनको दा,बी छ ।

उनले भने, पार्टी एकता, सं,घर्ष र रु,पतान्तरणबाटै चल्ने हो ।स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स,हमति हुने र स,हमतिको वि,कल्प नभएको जिकिर गरे ।

यद्यपि उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आ,रोप लगाए ।एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि स,हमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । उनले भने, ‘हामी महाधिवेशनबाट ने,तृत्व पनि स,हमतिमै टुंगो लगाउँछौं ।’

मन्त्री भट्टले आफू नेता विशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । उनले भने, ‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाइन हो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।