प्रधानमन्त्री ओलिलाई पदबाट हटाउनको लागि यसरी असफल बन्न पुगे प्रचण्ड र माधव कुमार नेपाल …हेर्नुहोस।

काठमाडौ:औ,पचारिक बैठक गर्नुभयो भने पार्टीले तपाईंहरुलाई का,रबाही गर्छ, मैले अहिले नै भन्दिया छु– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले यसो भन्नुभयो । हस्भन्दै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल बाहिर निस्कनुभयो ।प्रधानमन्त्री निवास बालुवाटारको प्र,करण हो यो । ओलीले नेकपा स्थायी समितिको बैठक स्थगित गर्नुभएपछि वि,रोधी गुटका प्रचण्ड, माधव र झलनाथहरु दगुर्दै बालुवाटार आउनुभएको थियो ।

ओलीले बै,ठक स्थगित गर्नुभएको अवस्थामा प्रचण्डको अध्यक्षतामा बै,ठक गर्ने र प्रधानमन्त्री पदबाट ओलीलाई ह,टाएर प्रचण्डलाई राख्ने योजना थियो । योजना अनुसार प्रचण्डले बैठक बसौं भनेर स्थायी समिति सदस्य सबैलाई खबर गर्नुभयो । तर, बहुमत सदस्य जुटेनन् ।मध्यान्ह १ बजेको कुरा हो, प्रधानमन्त्री निवासको हलमा १६ जना मात्र स्थायी समिति सदस्य थिए । त्यसपछि प्रचण्ड र माधवले स्थायी समितिका सदस्यहरुलाई फोन गर्न थाल्नुभयो । फोन गरेर बहुमत सदस्य जुटाउने र बैठक गरेर प्रधानमन्त्री पदको मार हान्ने योजना थियो ।

फोन गरेर सदस्यहरुलाई भेला गर्दा करिब दुई घ,न्टा बित्यो । त्यसबीचमा बामदेव गौतमले ६ बुँदे सहमतिको प्रस्ताव पारित गरिसक्नुभएको थियो । बैठकमा बहुमत नपुग्ने प्रष्ट हुँदै गयो । प्रचण्ड र माधवको निधारमा प,सिनाका धारा बग्न थाले । प्रधानमन्त्री ओलीलाई हटाइने भन्दै भारतीय मिडियामा हर्षाेल्लास साथ समाचार आउन थाले तर यता बहुमत नपुगेर प्रचण्ड र माधव इन्तु न चिन्तु बन्नुभयो । बैठक गरौं भने बहुमत छैन, नगरौं भने बाहिर मुख देखाउन नसकिने अवस्था । त्यसपछि उहाँहरु प्रधानमन्त्री ओलीलाई भेट्न भित्र पस्नुभयो । त्यसबेलै हो ओलीले ‘स्थगित भएको बैठक गर्नुभयो भने पार्टीले का,रबाही गर्छ’ भनेर ठाडै चे,तावनी दिनुभएको ।

एक महिनादेखि केपी ओलीलाई ह,टाउने रातोदिनको सल्लाह खरानीको डल्लामा प,रिणत भयो । आश गरिएका रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, बैठकमै आउनुभएन । हरिबोल गजुरेल बैठकमा आउनुभयो तर यसरी बैठक गर्न मिल्दैन भन्दै आफ्नो कित्ता क्लियर गर्नुभयो । देवेन्द्र पौडेल सुनिलले पनि यस्तो पाराले अगाडि बढ्न हुँदैन भन्न थाल्नुभयो ।त्यसपछि प्रचण्ड र माधव गुटका स्थायी समिति सदस्यहरु बैठकमा बसे । म केही बोलेर हिँडिहाल्छु भन्दै बामदेवले आफ्नो ६ बुँदे प्रस्ताव राख्नुभयो र बाहिरिनुभयो । त्यसपछि भीम रावलले बामदेवको प्रस्तावमा समर्थन छ भन्नुभयो अनि हाम्रो टाउको गनेर पद खाने खेल नखेलौं भन्नुभयो ।

बैठकको माहौल अर्कै भयो । घनश्याम भुषालले औ,पचारिक बैठक गर्न मिल्दै भन्नुभयो । जवाफमा वेदुराम भुषालले किन मिल्दैन भन्नुभयो । रघुजी पन्त र अष्टलक्ष्मी शाक्यले पनि बैठक गरौं, माइन्यूट गरौं भन्न थाल्नुभयो । वेदुराम लगायतले माइन्युट कहाँ छ भनेर सोध्न थाल्नुभयो । त्यहिँ उपस्थित नेकपाका कार्यालय सचिवलाई माइन्यूट मागियो तर उहाँले दिन मान्नुभएन ।माइन्यूट लेखेर बैठक नगरौं भन्दै बैठकमा होहल्ला भयो । प्रचण्डले पनि बैठक नभनौं, छलफल भनौं भन्न थाल्नुभयो । माधवकुमार नेपाल चाहिँ घोसे मुन्टो लगाएर नबोली बस्नुभयो ।

अनौपचारिक बैठक शुरु गर्दै प्रचण्डले भन्नुभयो– ‘केपी ओलीजी एकल अध्यक्ष बन्न खोज्दै हुनुहुन्छ । आजबाट उहाँ एकल अध्यक्ष जस्तै बन्नुभयो । यो ख,तरनाक कुरा हो ।एक महिनादेखि चलिरहेको केपी ओली हटाउने खेलमा लागेको समूह आजका मितिबाट तितरवितर भएको छ । अवस्था कस्ताे भएकाे छ भन्ने भिम रावलले अनाैपचारिक बैठकमा भन्नुभएकाे एक वाक्यले नै प्रष्ट पार्छ- अब बाहिर मुख देखाउन नहुने भइयाे । सनराईज खबरबाट,

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।