उज्यालो अभियान्ता कुलमान घिसिङको कार्यकाल सकिदै, पुन कुलमान नै नियुक्त गर्नुपर्छ भन्नेहरुले सक्दो सेयर गर्नुहोस् ।

काठमाडौं : लोड-सेडिगं अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लागेको छ । आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेको हो ।

आफ्ना कार्यकालमा धेरै राम्रा काम गरेर जनताका मनमा बास बस्न सफल उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधि’करणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । अब उनलाई सरकारले दोहो¥र्‍याउछ वा दोहो¥र्‍याउदैन त्यो भने हेर्न नै बांकी छ ।

घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बा’धक छैनन् । यसमा विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ ।

देशले सधै हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ भागेको थियो तर कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नि’युक्त भएपछि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसे’डिङमुक्त बनाएका थिए ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घा’टामा रहेका प्राधिकरणलाई घिसिङले आ’र्थिक वर्ष २०७५र७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खु’द नाफामा लगेका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।