माधव कुमार नेपाल र प्रचण्डको  राजनीतिकहैसियत सकिने छ:यदि पार्टी विभाजन भएमा :गोकुलप्रसाद बाँस्कोटा …हेर्नुहोस।

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएकाब्ब छन् ।नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने बताए ।सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे ।

उनले भने, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चु,नौती रहेको बताए । उनले भने, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको वि,चारलाई आत्मसात् गर्नुपर्छ, सबै स,मस्या हल हुँदै जान्छन् ।उनले भण्डारीको वि,चारलाई जनताको मनमनमा पु¥याउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गु,टबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको रा,जीनामा मागी गु,टबन्दी गरेको आ,रोप लगाए । सो अवसरमा प्रतिनिधिसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईँ, चन्द्र लामा र गोमा भुर्तेल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुलगायतले जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको विचार राखे ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।