प्रधानमन्त्री केपि ओलि नेपालकै इतिहासमा बहादुर प्रधानमन्त्रीको नामले परिचीत…हेर्नुहोस् ।

नेपाल अन्लाईन खबर : नामको बीचमा बहादुर भएका जंगबहादुर राणा भन्दा प्रसाद” भएका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली भयंकर बहादुर देखिनु भएको छ ।एकबारको जुनीमा सर्व-साधारण नागरिकदेखि उपल्ला राजनीतिज्ञ र अनेक
पेशामा आ’वद्ध स्वदेश र विदेशमा बस्ने नेपालीहरुले यो चाहीँ कहिल्यै पत्याएका थिएनन् की सन् १९६५ देखि ब्यारेकै ख’डा गरेर नेपालको कालापानीमा बसेको भारतीय सेनालाई भारतले आफ्नै देश फर्काउन नैतिकदवाब पर्ने हिसाबले उहाँले काम गर्नुभयो ।

त्यो हो नेपालको नयाँ नक्सा प्रकाशन गर्ने काम । नेपालमा कुनैबेला राजसंस्था थियो र त्यही राजसंस्थाले मुलुक हाँकेको थियो ।राजसंस्थाले मुलुक हाँक्दैका बखत भारतीय सेना नेपाल भूमिमा बसेको हो । नेपाल र अन्य देशमा उप’लब्ध सबै खाले प्रमाणले यही भन्छन्की लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो । राजाको जेठा छोरा राजा हुने उतिबेलाको परम्परा अनुसार वी’रेन्द्रलाई राजा बनाउन राजदरबारले टेनिङ दिएको थियो । तर अधिराजकुमारको मात्र टेनिङ प्राप्त ज्ञानेन्द्र वीर बिक्रम शाह अ’फ्ठ्यारो अबस्थामा श्रीपेच बोक्न पर्ने अबस्थामा आइपुग्नुभयो र उहाँले पनि नेपाल भू’मिबारे भारतसँग डाय’लग गर्न फु’र्सद पाउनु भएन ।

नेपालमा राजसंस्था जिउँदो छँदैमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दहरु पटकपटक प्रधानमन्त्री बन्नुभयो तर नेपाल भूमिबाट भारतीय सेना आफ्नो देश फर्किनपर्छ कहिल्यै भन्नु भएन । सायद उहाँहरुका अगाडि पनि अनेक खालका बाध्यताहरु थिए होलान् र भारतसँग वार्ता गर्न सक्नु भएन । राजसंस्थाको जरोकिलो पूरै उखेलेर गणतन्त्र घोषणा भएपछि पनि कम्यु’निष्ट पार्टीका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल समेत प्रधानमन्त्री हुनुभयो तर उहाँहरुले समेत कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सम्झिन भ्याउनु भएन ।

अघिल्लो एकपटक प्रधानमन्त्री हुँदा केपी ओलीले समेत बिर्सिनु भएको थियो तर यसपटक उहाँलाई कसरी सम्झना आयो, कसले सुत्र दियो थाहा भएन तर इतिहासमा पहिलोपटक स्वदेशी भूमिबारे उहाँले स्पष्ट विचार राख्नुभयो र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा प्रकाशन गर्नुभयो ।उहाँको राष्ट्रि’यताप्रतिको अडानलाई सबै राजनीतिक दलहरुले समर्थन पनि गरे । उहाँको यो कदमलाई कसैकसैले विरोध गरे तर उहाँले आफ्नो काम फत्ते गरिछाड्नुभयो । नयाँ नक्सालाई छिमेकी भारतले मान्यता दिएको छैन तर नयाँ नक्शाले समेटेको भूमि नेपालको होइन, भारतकै हो भन्ने प्रमाण पनि पेश गर्न सकेको छैन ।

सिर्फ मान्यता दिन्नौ मात्र भनेको छ । नयाँ नक्शा प्रकरण बाहिर आएपछि छिमेकी भारत नेपालसँग चिसो भएको साँचो हो तर भारतका एकथरी वि’द्वानहरुले नयाँ नक्शामा गाभिएको भूमि नेपालकै हो भन्ने दाबी सार्वजनिक गरिदिएपछि भने भारत अल्लि सेलाएको छ ।कफेरि अ’काट्य साँचो चाहीँ के होभने नेपाल र भारतबीचको सम्बन्ध यस्तो छकी जतिसुकै रिस वा अहंकार प्रदर्शन गरेपनि लामो समय बोलचाल ब’न्द गरेर यी दुई देश बस्नै सक्दैनन् । अहिलेदेखि होइन, दशकौंदेखि दुईदेशबीच खुला सीमाना छ । दुईदेशका जनता नि’र्धक्क एकदेशबाट अर्कोदेशमा आतेजाते गर्छन् ।

रहनसहन्, सिनेमा, मिल्दोजुल्दो भाषाले जनस्तरमा सामिप्यता छ । भारतीय सेनामा नेपाली नागरिकहरु छन् । नेपालमा ती गोर्खाली फौजको नामले चिनिने सेनाका परिवार तिनले पाउने तनाखाबाट धानिएका छन् भने भारतको राष्ट्रि’यताको पहरेदारको रुपमा तिनै नेपालीले रगत पसिना बगाइरहेका छन् । आवश्यकपर्दा जीवन ब’लिदान समेत दिएका छन् ।

भारतीयहरुले नेपाल आएर दाम कमाउने र नेपालीले कमाउने विषय नयाँ होइन । नेपाल भारतको ग्राहक पनि हो ।विश्वभरिबाट नेपालीले नेपाल पठाउने रेमि’ट्यान्सको ठूलो हिस्सा अनेक नामका चिजबीच र अन्न, फलफूल खरिद गर्दा भारतै जान्छ । ब्यापारी र ग्राहकको गाढा सम्बन्ध निकै पुरानो हो । यसरी हेर्दा भारत र नेपालको बाध्या’त्मक सम्बन्धलाई चाहेर पनि कसैले बि’गार्न सक्दैन । कहिलेकाहीँ ठास्स’ठुस्स र ङार्रङुर्र हुनु सामान्य हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।