प्रधानमन्त्री ओलिविरु’द्ध खेल्दाखेल्दै आफै घा’इते भएकाछ्न प्रचण्ड…हेर्नुहोस् ।

नेपाल अन्लाईन खबर : नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध खेल्दाखेल्दै आफैं घा’इते हुने स्थितिमा पुग्नुभएको छ । ओलीले निर्वाचित दुवै (प्रधानमन्त्री र पार्टी अध्यक्ष) पद कुनै हातलमा नछोड्ने हुनुभएपछि प्रचण्ड पार्टी विभाजन गराउने या केपीसँगै सहमति बनाएर अघि बढ्नेबाहेक अरु कुनै विकल्पमा जान नसकिने अवस्थामा पुग्नुभएको छ ।

अनेकौँ च’रणमा वार्ता गर्दा पनि केपीबाट एउटा पद खुस्काउन नसकिने भएपछि प्रचण्ड गल्नुभएको बुझिन्छ । आफू पार्टी अध्यक्षमा उ’म्मेदवारी नदिने जानकारी गराउँदै आगामी मङ्सिरमा महाधिवेशन गर्ने र पार्टीको एकलौटी अध्यक्ष बन्ने प्र’स्ताव केपीले राख्नुभएपछि प्रचण्ड सहमति बनाउने मानसि’कतामा पुग्नुभएको थियो ।

तर त्यसरी सहमति गर्दा माधव नेपाललगायत पार्टीका एकथरी नेताहरूको विश्वास गुम्ने देखिएपछि प्रचण्ड झ’स्किनुभयो र, शनिबार राति राष्ट्रपति निवासको बैठकबाट फर्किएलगत्तै प्रचण्डले आफूले कुनै प्रकारको सहमति नगरेको स्पष्टि’करण दिनुभएको छ । माधव नेपाल भ’ड्किँदा केपीविरु’द्धको कुनै पनि योजना कार्या’न्वयन हुन नसक्ने भएकोले प्रचण्डबाट ‘सहयात्री’हरूको विश्वास आ’र्जन गर्ने प्रयास भइरहेको छ ।

गुटका साथीहरूले भनेबमोजिम गर्दा पार्टी विभाजन हुने र नगर्दा दुवै गु’टबाट आफू पाखा लाग्ने भएकोले प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको हो ।पार्टी विभाजन क’दाचित भएमा कसका कारणले त्यस्तो दु¥र्घटना भयो भन्ने कुरालाई कार्यकर्ता पङ्क्तिले निकै गम्भी’रताका साथ हेर्ने र जसका कारणले पार्टी फुटेको देखिन्छ उसको स्थिति र’क्षात्मक एवम् क’मजोर हुने भएकोले पनि प्रचण्डलाई अप्ठ्या’रो परेको बुझिन्छ ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउन विगत एक वर्षदेखि हुँदै आएको प्रयास असफल भएपछि प्रचण्ड र माधवकुमार नेपालका बीचमा मनमुटावको स्थिति पैदा भएको छ । केपीलाई हटाएर माधव नेपाल प्रधानमन्त्री बन्ने, प्रचण्ड पार्टीको एकलौटी अध्यक्ष हुने र विद्या भण्डारीलाई
पदमु’क्त गरेर झलनाथ खनालले रा’ष्ट्रपतिको जिम्मे’वारी लिने सहमति बनाएर ‘तीन भाइ’ गत वर्षको असारदेखि नै प्रधानमन्त्री हटाउन कस्सिनुभएको थियो ।

केपी ओलीलाई एक मिनट पनि पदमा राखिनु हुन्न’ भन्ने दृढ अ’ठोटका साथ शुरु गरिएको अभियान कहिले केपी स्वयम्को स्वास्थ्य स्थिति, कहिले वामदेव गौतमको फरक व्यवहार त कहिले नक्शा प्रकरणलले अड्चन पु¥र्‍याएकोले सफल हुन सकेको थिएन । पछिल्लो पटक प्रचण्डले माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम र रामबहादुर थापा ‘बादल’को समेत साथ प्राप्त हुने विश्वासमा नि’र्णायक प्रयास गर्नुभएको थियो ।

अनेकौँ प्र’यत्न गर्दा पनि केपी पदत्याग गर्न तयार हुनुभएन, बरु नेकपाको पुनर्गठन गरी ‘जनताको बहुदलीय जनवाद’लाई पुनस्र्थापित गर्ने योजनामा ओली लाग्नुभयो । एमाले’ संस्कार र सं’स्कृतिका अधि_काङ्श मानिस केपीको पक्षमा उभिने र बल’जफ्ती गर्दा दु¥र्घटना हुने स्थिति देखापर्यो।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।